चिनिमाया श्रेष्ठ स्मृतिकोषबाट बृहत् खुल्ला रक्तदान
असोज १०, २०७८, आइतबार | विहान ०६:०८ बजे | 45
कान्छा काजी नायो पमा तथा चिनिमाया श्रेष्ठ स्मृतिकोषले पहिलो पटक बृहत् खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
असोज ९ गते शनिवार स्थानीय ईनाय् टोलस्थित राजगणेश मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ८ महिला सहित २८ जनाले खुल्ला रक्तदान गरेको आयोजक कोषका संरक्षक तथा प्रमुख श्यामकाजी नायो पमा श्रेष्ठले जानकारी दिनुभयो । कोभिडका कारणमा जिल्लामा देखिको रगतको अभावका कारण तथा रक्तदान सम्बन्धि जनचेतना जगाउने उध्यश्यले समेत सो कार्यक्रमको आयोजना गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । कोषको पहिलो कार्यक्रममै स्थानीयबासिन्दाहरूले देखाएको साथ, सहयोग र सद्भावको कारण आफुलाई थप हौसला मिलेको भन्दै उहाँले आगामी दिनमा पनि यस्तै स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने बताउनुभयो । भक्तपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटि मध्यपुर थिमि उपशाखाले समेत सहकार्य गरेको थियो ।