मोटरसाइकल चोर पक्राउ
असार ३१, २०७७, बुधबार | दिउँसो १२:२५ बजे | 70
भक्तपुर । मिति २०७७ असार ३१ गते बिहानको तीन बजेर १० मिनेटको समयमा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने सरोजकुमार भण्डारीको घर कम्पाण्डभित्र पार्किङ गरिराखेको बा २४ प ५९७५ नं. को मोटरसाइकल जिल्ला दोलखा कालिञ्चोक गाउँपालिका वडा नं. ६ घर भई हाल सुर्यविनायक नगरपालिका वडा नं.(४ बस्ने वर्ष २० को सुमन थामीले कम्पाण्ड भित्र चोरी गरि लिई हिड्न लागेको भन्ने प्रहरीलाई सूचना प्राप्त भए पश्चात तत्काल प्रहरी खटिई गई निजलाई पक्राउ गरि भक्तपुर जिल्ला अदालत मार्फत म्याद थप गरी आवश्यक कार्वाहीको प्रकिया अघि बढाईएको छ ।
साथै आजै १९ः५० बजे जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.(२ सानोठिमी स्थित वन कार्यालय नजिक सानोठिमी(पेप्सीकोला सडक खण्डबाट अ. २०० मिटर पर दिव्यश्वरी प्लानिङ भित्र बाटोमा एकीकृत काठमाण्डौ सडक सुधार आयोजनाको बा २ ब ६४४ नं. को सरकारी मोटरसाईकल चोरी गरि भाग्दै गरेको अवस्थामा जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं.(४ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २० को विकास गुरुङलाई वृत्त ठिमी मातहत प्रभाग सानोठिमीले प्रकाउ गरि यस कार्यालमा ल्याईएको र उक्त मोटरसाईकल मिति २०७७–०३–२८ गते बौद्धबाट हराएको भन्ने बुझिन आएकोले आवश्यक कारवाहीको लागि म.न.प्र.वृत्त बौद्धमा पठाईएको छ ।