नागपोखरीमा रोपियो फुलको विरुवा
असोज ९, २०७८, शनिबार | दिउँसो १२:१० बजे | 35
भक्तपुर । भक्तपुरको नागपोखरीमा शनिबार फुलको विरुवा रोपिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा पोखरी परिसरमा गमला राखी फुलको विरुवा रोपिएको थियो । भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी विरुवा रोपिएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद हयौमिखालगायतले बोलेका थिए ।