नेपाल तामाङ कलाकार संघको अधिवेशन शनिबार
असोज ६, २०७८, बुधबार | विहान १०:२६ बजे | 25
काठमाडौं । सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास,संरक्षण तथा प्रवर्द्धन हाम्रो प्रतिवद्धता भन्ने नाराकासाथ नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन यही असोज १६ गते शनिबार हुने भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेशका भुमी ब्यबस्था तथा कृषि सहकारी मन्त्री माननिय चन्द्र लामाको उपस्थितिमा अरब बैंक, बौंद्ध,काठमाडौंस्थित होटल याङरिमामा हुने भएको छ ।
तामाङ्ग कलाकार संघको केन्द्रिय अध्यक्ष संजिव वाइवाले साधारण सभा तथा अधिवेशनमा सहभागिताको लागि सरोकारवालाहरु सबैमा निमन्त्रणासहित अनुरोधसमेत गरेका छन् ।