चागुँनारायण नगरपालिका संसारको १० उत्कृष्ट सहरमा छनोट
असोज ५, २०७८, मङ्गलबार | दिउँसो १२:३६ बजे | 55
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका संसारको १० उत्कृष्ट सहरमा छनोटमा पर्न सफल भएको छ। सोमबार न्युयोर्कस्थित भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरिएको जनाएको छ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानले नगरपालिकाले नेपालकातर्फबाट पहिलो पटक सहभागिता जनाएको जानकारी गराए। न्यौपानेले नेपालबाट कार्यक्रममा छनोट हुने चाँगुनारायण पहिलो नगरपालिका बनेको पनि बताए।
‘नेपालजस्तो विकासोन्मुख राष्ट्रको सानो नगर चाँगुनारायणले खुला डाटाको क्षेत्रमा राखेको सोच एवं गतिविधिले यस क्षेत्रमा कार्य गर्ने विश्वभरलाई उत्साहित बनाएको ओपन सिटी इन्कुबटरका कार्यक्रम सञ्चालक एन्ड्रेन्नी स्क्मोकरले भनेका थिए। यो पोर्टलको विकास परामर्शदाता एवं साझेदारको रूपमा नक्सा प्रालि रहेको छ ।
कार्यक्रममा छनोट हुने सहरले आगामी ६ महिनासम्म संसारका विश्वप्रसिद्ध डाटाविज्ञबाट दिइने तालिममा सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार तयार गर्ने छन्।
भक्तपुर जिल्लामा ४ वटा नगरपालिकाहरु छन्। जसमा चागुनारायण नगरपालिका पनि हो।