सिद्धपोखरीमा दीपावली, भोलि मेला
असोज ३, २०७८, आइतबार | दिउँसो ०१:३९ बजे | 75
भक्तपुरको सवैभन्दा ठूलो आकर्षक सिद्धपोखरीमा आज शुक्रबार दीपावली गरिएको छ । पोखरीमा भोलि सोमबार मेला लाग्नेछ ।
भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँंझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्दछ । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरुबाट हजारौं श्रद्धालु पोखरीमा पुग्ने गर्दछन् ।
स्थानीयको अगुवाईमा साँंझ त्यहाँं दीपावली गरिन्छ । पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिन्छ । स्थानीयका अनुसार त्यसका लागि झण्डै एक हजार तीन सय भन्दा वढी दियो आवश्यक हुन्छ । दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिने गर्दै आएको छ । स्वयुमसेवकका रुपमा स्थानीय वडाबासी खटिने गर्दछन् । दीपावलीका लागि स्वयमसेवक मात्रै एक सय भन्दा वढी खटिन्छन् ।
पोखरी भक्तपुर नगरपालिका वडा नं १ मा पर्दछ । भक्तपुर नगरपालिका वडा नं १ ले यो वर्ष पनि वडाबासी नै स्वयमसेवकका रुपमा खटिने र आवश्यक तेल नगरपालिकाले व्यवस्था गर्ने जनाएको छ ।
दीपावली गर्ने दिन खौमास्थित इन्द्रायणीको देवता पोखरीमा पुयाइन्छ । खौमामा रहेको इन्द्रयणीको देवतालाई खटमा राखेर बाजागाजाका साथ भक्तपुर आधा भक्तपुर नगर परिक्रमा गराई पोखरीमा पुयाइन्छ । पोखरीमा पुयाएको देवताको स्वागतार्थ दीप प्रज्ववलन गर्ने परम्परा छ । विहान यही इन्द्रयणी देवताको दर्शन र स्नानका लागि भक्तालु पोखरी पुग्छन् र पोखरीमा मेला लाग्दछ । मेलाको दिन साँंझ इन्द्रयणी देवतालाई पोखरीबाट उठाएर बाँंकी आधा नगर परिक्रमा गराई खौमास्थित इन्द्रायणीपीठै पुयाइन्छ ।
दीपावलीको दिन आइतबार र मेलाको दिन सोमबार दुवै दिन यहाँं विहानदेखि भक्तजनको भीड लाग्छ । मेलाको विहान हजारौ भक्तपुर नगरबासी पोखरीमा पुगेर स्नान गर्छन् । वर्षभरिमा पोखरीमा यही एक दिन मात्रै स्नान गर्न त्यहाँं छुट छ । सम्भावित दुर्घटनालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले त्यहाँं स्नान गर्न वन्देज लगाइराखेको छ । नगरपालिकाले पोखरीमा डुवेर आत्महत्यालगायतका दुर्घटना होला भनेर सुरक्षाका लागि २४ सै घण्टा सुरक्षागार्डको व्यवस्था गरिएको छ । सुरक्षालाई ध्यान दिंदै पोखरीभित्र जान राति वन्देज लगाइन्छ ।
नगरकै सवैभन्दा ठूलो तपुखू (ठूलो पोखरी) मा यो दिन विहान स्नान गर्ने मात्रै नभई पौडी खेल्नेहरुको घुँंइचो लाग्छ । करिव पाँंच सय मिटर लामो यो पोखरीमा वारपार गरेर पौडी खेल्ने प्रतिस्पर्धा चल्छ ।
सिद्धपोखरी जिल्लाकै सवैभन्दा ठूलो पोखरी हो । भक्तपुर नगरका सानाठूलो ३४ पोखरीहरुमध्ये यो सवैभन्दा आकर्षक अनि ठूलो पोखरी हो । पोखरीको चारैतिर परम्परागत रुपमै पर्खालले घेरिएको छ । पोखरीमा माछा पालेर राखेकाले पनि यो थप आकर्षको केन्द्र बनेको छ । साथै पोखरीको वरिपरि वगैंचा छन् । बगैंचा हेरचाहका लागि मात्रै भक्तपुर नगरपालिकाले त्यहाँं तीन जना कर्मचारी र सुरक्षाका लागि दुई जना गार्डलाई खटाउँंदै आएको छ । पोखरी घुम्न सामान्य दिनमा मात्रै पनि दैनिक हजारौं प्रकृतिप्रेमी पोखरी पुग्छन् ।