भक्तपुर बचतमा एमसीसीबारे अन्तरक्रिया


असोज ३, २०७८, आइतबार | विहान ०८:५९ बजे | 35


भक्तपुर बचतमा एमसीसीबारे अन्तरक्रिया

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको युवा उपसमितिको आयोजनामा शनिवार एमसीसीबारे अन्तरक्रिया कार्यक्रम भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी सम्झौताले नेपाललाई नवउपनिवेश बनाउन लागेकोप्रति सचेत पार्दै उहाँले उक्त सम्झौताले नेपालमा आफू अनुकूल काम गर्ने दलाल खडा गरेको बताउनुभयो । दुई तिहाइ प्रतिनिधिसभा सदस्यबाट पारित गरी नेपालको मूल कानुन संविधानभन्दा माथि रहने भएकाले स्वाभिमान र सार्वभौमसत्ता नै खतरामा पर्ने उहाँको भनाइ छ । अमेरिकालाई खुशी पार्न देशै बन्धकमा राखी प्रधानमन्त्री र गृहमन्त्रीहरुले एमसीसी सम्झौता पारित गर्न लागेकोप्रति नेमकिपाले सुरुदेखि नै विरोध गरिरहेको उहाँले बताउनुभयो ।

अधिवक्ता अनिता जधारीले एमसीसी सन्धि र सम्झौताबारे स्पष्ट पार्दै देश र जनताका निम्ति एमसीसी किन घाटक भनी आफ्नो प्रस्तुति दिइन् । उहाँले एमसीसी सम्झौताभित्रका प्रत्येक बुँदाका बारेमा स्पष्ट पार्दै एमसीसी सम्झौता पारित नगरे अमेरिकाले सबै खालका सहयोग रोक्ने दबाब दिइरहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिले राजनीतिक चेतना सबैलाई आवश्यक भएकाले सहकारीबाट यस्तो जल्दोबल्दो राष्ट्रिय अन्तरराष्ट्रिय राजनीतिक विषयमा सबैलाई जानकारी दिनुपर्ने बताउनुभयो । देशमा खर्बौं रुपैयाँ भ्रष्टाचार गरिरहेको अवस्थामा ती चुहावट मात्रै नियन्त्रण गर्न खोजेमा पनि एमसीसी सम्झौता आवश्यक नभएको स्पष्ट पार्नुभयो ।
सभापतिको आसनबाट आयोजक उपसमितिका संयोजक विष्णुकुमार प्रजापतिले देशलाई एमसीसी सम्झौता घाटक हुनुका कारणसहित एमसीसीको सर्वत्र विरोध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विकास प्रजापतिले सञ्चालन गरेको थियो ।  
<!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments