स्वतन्त्र पत्रकार संघ नेपालको उपत्यका भेला
असार ३०, २०७७, मङ्गलबार | साँझ ०४:१८ बजे | 65
ललितपुर । स्वतन्त्र पत्रकार संघ नेपालका उपत्यका जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका पदाधिकारीहरुको भेला ललितपुर जिल्ला समितिको आयोजनामा ललितपुरमा सम्पन्न भएको छ । ललितपुर जिल्ला पुनर्गठन पश्चात भानु जयन्तिको अवसर परेर भेला आयोजना गरेको समितिले जनाएको छ ।
जिल्ला समिति ललितपुरका अध्यक्ष बद्रिबहादुर दुलालको सभापतित्वमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका वरिस्ठ उपाध्यक्ष के. बि. सम्राटको प्रमुख अतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा संघका प्रमुख सल्लाहकार एवं राष्ट्रिय ज्येस्ठ नागरिक कोषका सभापति एवं अग्रज पत्रकार रामकृष्ण कर्माचार्यको विशेष अतिथिको अतिथ्य थियो ।
अतिथिहरुमा मत भद्रकाली काठ्माण्डौ जिल्ला अध्यक्ष महेशबिक्रम कुँवर, भक्तपुर जिल्ला अध्यक्ष एवं राष्ट संरक्षण साप्ताहिकका सल्लाहकार पत्रकार अग्रज डा. इन्दुल केसीको आतिथ्यता थियो । यस्तै भक्तपुर शाखाबाट स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कृष्ण किसी, भक्तपुर कोषाध्यक्ष कृष्णराम प्रजापति र सचिव रेणु त्वनाबसुको उपस्थिति थियो । यस्तै काठमाण्डौ जिल्ला सचिव प्रताप राना मगरको उपस्थिति थियो ।
यस्तै जिल्ला ललितपुरका पुनर्गठित पदाधिकारीहरुमा उपाध्यक्ष जे बि खाती, सचिव उपश नौबग, कोषाध्यक्ष कृष्णराज लामिछाने, सदस्यहरुमा प्रिय वाइवा, शंकर घिमिरे, जे एस आले, नबिन थापा र राजेश पन्त छन् । कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथि तथा अतिथिहरुले आआफ्ना धारणाहरु राखेका थिए ।