क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाब
जेठ ७, २०८३, बिहीबार | राति ०८:१४ बजे | 780
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन सिसप्लाटिन लगायतका औषधिहरुको चरम अभाव भएको बताएका छन् । यसले बिरामीको उपचारमा ठुलो समस्या देखिएको उनले जनाएका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा यसको कच्चा पदार्थको मूल्य बढेकोले पुरानो मूल्यमा आपूर्ति गर्न नसकिएको आपूर्तिकर्ताहरुको भनाई रहेको छ । यस बिषयमा सम्बन्धित निकायले यथासक्य छिटो समस्या समाधान गरिदिन उनले अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक पोष्ट गरी उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
फेसकुमा लेखेको कुरा
क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन सिसप्लाटिन लगायतका औषधि हरु को चरम अभावले बिरामीको उपचारमा ठुलो समस्या देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा यसको कच्चा पदार्थको मूल्य बढेकोले पुरानो मुल्यमा आपूर्ति गर्न नसकिएको आपूर्तिकर्ताहरुको भनाई रहेको छ। यस बिषयमा सम्बन्धित निकायले यथासक्य छिटो समस्या समाधान गरिदिन अनुरोध गर्दछु।
