छानबिन तथा वास्तविकता बुझ्ने कार्य अगाडि बढाएको
जेठ ७, २०८३, बिहीबार | राति ०७:५९ बजे | 125
भक्तपुरस्थित ख्वप अस्पताल ले उपचार सेवा तथा औषधि वितरण सम्बन्धमा अनलाइन समाचार माध्यम चाँगु पोष्टमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पताल प्रशासनले उक्त विषयलाई अत्यन्त संवेदनशील रूपमा लिँदै तत्काल आवश्यक छानबिन तथा वास्तविकता बुझ्ने कार्य अगाडि बढाएको जनाएको हो।
अस्पतालका अनुसार यस विषयमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीहरूको आकस्मिक बैठक बसी घटनाबारे समीक्षा तथा आवश्यक छलफल सम्पन्न गरिएको छ।
अस्पतालले बिरामीलाई औषधि खरिद गराउने सम्बन्धमा संस्थागत रूपमा कुनै निजी फार्मेसी वा कुनै निश्चित स्थानबाट औषधि खरिद गर्न प्रत्यक्ष वा अप्रत्यक्ष निर्देशन नदिएको स्पष्ट पारेको छ। साथै अस्पतालमा कार्यरत कुनै चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीबाट अस्पतालको नीति विपरीतका गतिविधि हुन नदिन सम्बन्धित सबैलाई सचेत गराइएको जनाएको छ।
जनताको अस्पतालको रूपमा स्थापित ख्वप अस्पताल ले सधैं बिरामीको हित, सहज सेवा प्रवाह तथा विश्वासलाई केन्द्रमा राखेर सेवामुखी भावनाका साथ काम गर्दै आएको उल्लेख गरेको छ। आगामी दिनमा पनि पारदर्शी, जिम्मेवार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको अस्पतालले जनाएको छ।
उक्त विज्ञप्तिमा नि. मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
विज्ञप्ति
ख्वप अस्पतालबाट प्रदान गरिँदै आएको उपचार सेवा तथा औषधि वितरण सम्बन्धमा अनलाइन समाचार माध्यम चाँगु पोष्ट मा प्रकाशित समाचारप्रति यस अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त विषयलाई अस्पताल प्रशासनले अत्यन्त संवेदनशील रूपमा लिई तत्काल आवश्यक छानबिन तथा वास्तविकता बुझ्ने कार्य अगाडि बढाएको छ।
यस सम्बन्धमा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित शाखाका जिम्मेवार पदाधिकारीहरूको आकस्मिक बैठक बसी विषयवस्तुको समीक्षा तथा आवश्यक छलफल सम्पन्न गरिएको छ।
बिरामीलाई औषधि खरिद गराउने सम्बन्धमा यस अस्पतालले संस्थागत रूपमा कुनै निजी फार्मेसी , कुनै निश्चित स्थानबाट औषधि खरिद गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निर्देशन नदिएको स्पष्ट पार्न चाहन्छौं। साथै अस्पतालमा कार्यरत कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीबाट यस्ता अवाञ्छित तथा अस्पतालको नीति विपरीतका क्रियाकलाप हुन नदिन सम्बन्धित सबैलाई सचेत गराइएको समेत अवगत गराइन्छ।
जनताको अस्पतालको रूपमा स्थापित यस ख्वप अस्पताल ले सधैं बिरामीको हित, सहज सेवा प्रवाह तथा विश्वासलाई केन्द्रमा राखी सेवामुखी भावनाका साथ कार्य गर्दै आएको छ। आगामी दिनहरूमा समेत पारदर्शी, जिम्मेवार तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी गराउँदै सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
डा. मजेश प्रताप मल्ल
नि. मेडिकल डाइरेक्टर
ख्वप अस्पताल
.png)