भुजूको धमिलो विहानी कविता संग्रह विमोचित


असोज २, २०७८, शनिबार | विहान १०:१८ बजे | 50


भुजूको धमिलो विहानी कविता संग्रह विमोचित

भक्तपुर । सुरेन्द्रलाल भुजूद्धारा लिखित कविता संग्रह धमिलो विहानीको शनिबार एक कार्यक्रमवीच भक्तपुरमा विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले कविता संग्रहको विमोचन गरेका हुन् ।


कविता संग्रहका अधिकांश कविताहरु देशको अवस्थाबारे चिन्ता व्यक्त गरिएका छन् । देश धमिलो अवस्थामा रहेको भन्दै त्यसका नकारात्मक विषयहरुबारे उल्लेख छन् । देश गएगुज्रेको अवस्थामा पुगेको, भ्रष्टाचार मौलाएको, राम्रो भन्दा हाम्रोले ठाउँं पाएको आदि विषय वस्तुहरुमाथि कविले कवितामार्फत् चिन्ता व्यक्त गरेका छन् । यद्यपि कविता संग्रहका कविता दःखमा मात्रै सिमित छैन । केही कविताले सकारात्मकता पनि पोखेका छन् ।
सृजना अभियान समाज भक्तपुरको आयोजनामा कविता संग्रहको विमोचन गरिएको हो । कविताको प्रकाशक पनि सृजना अभियान समूह नै रहेको छ ।

कवि भुजूको यो पहिलो कविता संग्रह होइन । यसअघि उनले नेपाल भाषामा हाकु सुपाँंय् सिथयया जः (कालो वादलमा विहानको किरण), विभिन्न पत्रपत्रिकामा नेपाल तथा नेपाल भाषामा र कविता तथा लघुकथाहरु प्रकाशित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव उपाध्याय, आयोजक सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष ध्रुब मधिकर्मी, साहित्यकारहरु सुरेन्द्रलाल भुजू, उदय निरौलालगायतले प्रकाशित कविता संग्रहबारे आआफनो धारणा राखेका थिए । पुस्तक एक सय २२ पृष्ठको छ । यसको मूल्य दुई सय ५० राखिएको छ ।

Comments