ख्वप साकोसको १५ औं स्थापना दिवसको अवसरमा २६ जनाद्धारा रक्तदान


असोज २, २०७८, शनिबार | विहान ०९:२६ बजे | 60


ख्वप साकोसको १५ औं स्थापना दिवसको अवसरमा २६ जनाद्धारा रक्तदान

भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं स्थापना दिवसको अवसर पारी संस्थाको स्वास्थ्य उप–समितिको आयोजनामा  आज व्यासीमा रक्तदान कार्यक्रम सम्पन्न भयो । सो अवसरमा संस्थाका अध्यक्ष राजकुमार लघुले ख्वप साकोसको पृष्ठभुमिबारे चर्चा गर्दै संस्थाको प्रमुख उदेश्य शेयर सदस्यहरुको आर्थिक सांस्कृतिक , सामाजिक र शैक्षिकस्तर उकास्ने हो । । सामाजिक कार्य अन्तरगत आज रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो  ।

     
संस्थाका सचिव लक्ष्मी नारायण सुवालले संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था समुदाय आधारित भएकोले स्वास्थ्य उप–समितिको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । संस्थाको स्वास्थ्य उप–समितिको संयोजक निल कमल सुवालले रक्तदान गर्ने महानुभावहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । रक्तदान कार्यक्रममा  २६ जना जना युवाहरुले  रक्तदान गर्नृ भयो  । रक्तदान कार्यक्रममा कान्तिपुर अस्पताल रक्त संचार सेवा तिनकुने,काठमाण्डौ र व्लड डोनर्स एशोसियसन नेपालले पनि प्राविधिक सहयोग गर्नु भएको थियो  ।

Comments