भक्तपुरमा यमः द्यो ठड्याइयो
2021-09-18 08:18:25
भक्तपुर । भक्तपुरमा शनिबार विहान यमः द्यो ठड्याए इन्द्रजात्रा सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत प्रत्येक वर्ष भाद्र शुक्ल द्धादशीको दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर जात्रा शुरु गरिएको हो। इन्द्रजात्रा शुरुवाटको दिन भक्तपुरको टोलटोलमा यमः द्यो ठड्याउने गरिन्छ।
जात्राको पहिलो दिन स्थानीय गुठियारहरुले नगरको टोल टोलमा विधिवत पूजाआजा सहित नगरका ईताछें., तेखापुखुः, मुलाखःु, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानहरुमा यमःद्यो ठड्याएका हुन्।
भक्तपुरको ईन्द्रजात्रामा स्थानिय गुठीयारले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता(आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धुमधामका साथ मनाइन्छ।देवराज ईन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत वस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ ग¥यो । त्यसपछि जयन्तलाई दुई हात पछाडी बाँँँंँधेर राख्यो । पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरु वीच सङ्गग्राम भई देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउदै आएको किवंन्दती रहेको भक्तपुरका संस्कृतिवृद् ओम धौभडेलले बताए।
भक्तपुरमा ईन्द्रजात्रा देशमा सुख, शान्ति, समृद्धि कायम होस्, कुनै पनि प्राकृतिक विपती आईनलागोस्, देशमा अनिकाल, महामारी, अतिवृष्टि नहोस, काल र शत्रु नाश होस् भन्ने उद्देश्यले मनाउँदै आएको उनले सुनाए। साथै यस जात्राले मुला चोर पनि चोर घोडा चोर पनि चोर नै हो भन्ने मुख्य सन्देश दिएको उनको भनाइ रहेको छ।
प्रतिक्रिया