भक्तपुरमा विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ
जेठ ११, २०८३, सोमबार | राति ०७:५० बजे | 125
भक्तपुर प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर तथा प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ ११ गते चेक अनादर मुद्दाका ४ जना र सवारी ज्यान मुद्दाका १ जना गरी कुल ५ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
