निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने
जेठ ११, २०८३, सोमबार | विहान १०:५५ बजे | 220
भक्तपुरको यालाछेंस्थित Sharada Secondary School ले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। विद्यालयको आयोजनामा तथा काठमाडौं मेडिकल हस्पिटल, दुवाकोटको प्राविधिक सहयोगमा यही जेठ १५ गते शुक्रबार विद्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो।
विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, शल्यक्रिया (सर्जरी), हाडजोर्नी तथा नसा, नाक–कान–घाँटी, आँखा रोग, दन्त रोग, ईसीजी, भिडियो एक्स–रे तथा ल्याब टेस्ट सेवा उपलब्ध गराइनेछ।
विद्यालयले स्थानीय बासिन्दा तथा अभिभावकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ। पछिल्लो समय भक्तपुरका विभिन्न विद्यालय तथा संस्थामार्फत यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएका छन्।
