व्यासीबाट एक राउण्ड गोलीसहित एकजना पक्राउ


जेठ १०, २०८३, आइतबार | राति ०९:५२ बजे | 70


व्यासीबाट एक राउण्ड गोलीसहित एकजना पक्राउ

भक्तपुर, जेठ १० । भक्तपुर नगरपालिका वडा नं. २ व्यासीस्थित क्षेत्रमा एक राउण्ड गोली र लागूऔषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार दिउँसो १ः१५ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २० वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको साथबाट ३०३ राइफलमा प्रयोग हुने एक राउण्ड गोली तथा लागूऔषध ट्रामाडोल १० चक्की बरामद गरेको जनाएको छ ।

घटनापछि युवकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट ले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

Comments