चाँगुनारायण ४ मा सार्वजनिक सुनुवाईः चाँंगुनारायण मन्दिरको सुरक्षा खोई ? 


जेठ ११, २०८३, सोमबार | राति ०९:१३ बजे | 80


चाँगुनारायण ४ मा सार्वजनिक सुनुवाईः चाँंगुनारायण मन्दिरको सुरक्षा खोई ? 

चाँंगुनारायण । विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुरको चाँगुनारायण मन्दिरमा घुम्न आउने पर्यटकहरुबाट स्थानीयले केही लाभ लिन नपाएको भन्दै स्थानीयले दुःख विसाएका छन् । मन्दिर घुम्न आउने एक प्रतिशत पर्यटक पनि रात नविताई फर्किने कारण स्थानीयलाई मन्दिर घुम्न आउने पर्यटक कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तै भएको दुःख उनीहरुले राखे ।
चाँंगुनारायण नगरपालिका वडा नं ४ चाँंगुनारायण भक्तपुरले सोमबार गरेको वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले वडा, नगरपालिकाले यस विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । भ्रमण गर्न आउने विदेशी पर्यटकमध्ये अधिकांश केही घण्टा घुमेर फर्किने गरेको भन्दै स्थानीयबासीले गुनासो गरेका हुन् । विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक मन्दिरमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल भए पनि उनीहरू स्थानीय क्षेत्रमा बसोबास नगर्ने, होटलमा नबस्ने र स्थानीय उत्पादनमा खर्च नगर्ने हुँदा अपेक्षित आर्थिक लाभ नपुगेको स्थानीयको भनाइ छ ।
स्थानीय व्यवसायीहरूका अनुसार विदेशी पर्यटकहरू बिहान काठमाडौंबाट आउने, मन्दिर अवलोकन गर्ने र केही समयमै फर्किने प्रवृत्ति छ । “पर्यटक आउँछन्, फोटो खिच्छन् र फर्किन्छन् । यहाँको होटल, हस्तकला, कृषि उत्पादन वा स्थानीय खानामा खर्च नै हुँदैन,” उनीहरुको सामूहिक भनाई छ । 
मन्दिरको उचित संरक्षण नभएको, वाटोघाटोको राम्रो व्यवस्था नभएको गुनासो पनि उनीहरुले पोखे । मन्दिर पुग्ने बाटो साँंघुरो हुँंदा ठूला गाडीबाट पर्यटक आउन नसकेको धारणा पनि उनीहरुले राखे । स्थानीयले चाँगुनारायण क्षेत्रमा पर्यटकलाई रात बस्न आकर्षित गर्ने कार्यक्रम, सांस्कृतिक गतिविधि, होमस्टे, स्थानीय परिकार र हस्तकलाको बजार व्यवस्थापन गर्नुपर्ने माग गरे । उनीहरूका अनुसार अहिलेको पर्यटन “घुम्ने मात्रै, खर्च नगर्ने” प्रकारको भएकाले स्थानीय अर्थतन्त्रमा प्रभाव न्यून भएको छ ।
पर्यटन व्यवसायीसँगै स्थानीय जनप्रतिनिधिले पनि चाँगुनारायणलाई केवल धार्मिक तथा ऐतिहासिक गन्तव्य मात्र नभई सांस्कृतिक बसाइँ केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरूले व्यवस्थित पदमार्ग, सांस्कृतिक प्रस्तुति, स्थानीय गाइड र रात्रीकालीन गतिविधि सञ्चालन गर्न सके पर्यटकको बसाइँ अवधि बढ्न सक्ने बताए ।
नेपाल भित्रिने पर्यटकको झण्डै २५ प्रतिशत पर्यटक भक्तपुर नगर घुम्न आउने तथ्यांक छ । भक्तपुर घुम्न आउने पर्यटकहरुमध्ये पनि निकै थोरै पर्यटक मात्रै जिल्लाको चाँंगुनारायण मन्दिर र नगरकोट भ्रमण गर्न जाने गरेको तथ्यांक छ । चाँंगुनारायण भ्रमण गर्न आउने पर्यटकहरुसँंग चाँंगुनारायण नगरपालिकाले ठेक्कामार्फत् पर्यटक शुल्क उठाउन दिंदै आएको छ । चाँंगुनारायण मन्दिर घुम्न आउने पर्यटकहरुसँंग सार्क राष्टका लागि (नेपालीबाहेकसँग) प्रति पर्यटक तीन सय रुपैयाँं र गैर सार्क राष्टसँंग प्रति पर्यटक चार सय रुपैयाँं प्रवेश शुल्क उठाउँंदै आएको छ । यो हिसावले उनीहरुबाट झण्डैझण्डै एक करोड रुपैयाँं अशुल हुने जनाइएको छ । 
सार्वजनिक सुनुवाईमा चाँंगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले चांँगुनारायण मन्दिर वरपरका सार्वजनिक पाटीपौवाहरुलगायत निजी गर्दै लगेको, विजुली बती काटिदिएको, सुरक्षा नदिएको विषयमा वडा अध्यक्षको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा आयोजक चाँंगुनारायण नगरपालिका वडा नं ४ चाँंगुनारायणका वडा अध्यक्ष रोजबहादुर तामांगले वडाबासीका गुनासोहरुकोबारेमा प्रष्ट पारेका थिए । 
 

फाेटाेमा हेर्नुहाेस्...

चाँगुनारायण ४ मा सार्वजनिक सुनुवाईः चाँंगुनारायण मन्दिरको सुरक्षा खोई ? 

Comments