गाईजात्रा पर्व (सापारु) औपचारिकतामा मात्र सीमित


असार ३०, २०७७, मङ्गलबार | दिउँसो ०२:११ बजे | 10


गाईजात्रा पर्व (सापारु) औपचारिकतामा मात्र सीमित
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाभित्रका सांस्कृतिक समूहहरुसँग गाईजात्रा पर्व २०७७ सञ्चालनबारे मंगलबार छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफल कार्यक्रममा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु र सांस्कृतिक समूहका प्रतिनिधिहरुले  कोरोना संक्रमणको जोखिमका कारण अरु जात्रा  र पर्व जस्तै अब आउने जात्राहरुलाई पनि औपचारिकतामा मात्र सीमित गर्नुपर्ने, ठूलो भीड जम्मा हुने कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने जनाइयो । जनताहरुलाई यो रोगबारे निरन्तर सचेत बनाउँदै लानुपर्नेलगायतका राय–सुझावहरु प्रस्तुत गरेका थिए । साथै जात्रा सञ्चालनबारे भक्तपुर नगरपालिकाको औपचारिक निर्णयको लागि पनि उहाँहरुले आफ्नो धारणा राख्नुभयो ।
गाईजात्राबारे भक्तपुर नगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले गरेका निर्णयहरुः
ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा यही २०७७ साउन ४ गते गथामग च¥हे र साउन १९ गतेदेखि २७ गतेसम्म गाईजात्रा (सापारु) पर्व पर्ने र ती दुवै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भीड जम्मा भई कोरोना भाइरस (कोभिड १९) रोगको महामारीको जोखिम बढ्ने खतरा रहने हुँदा सरोकावाला संस्कृतिकर्मीहरुको नगरस्तरीय भेलाबाट प्राप्त राय सुझावअनुसार गथामग च¥हेको दिन गथामग नबनाउन र गाईजात्रा सापारु औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरियो । तथा घिन्ताङघिसी र परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्ने निर्णय गरियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कोरोना भाइरस रोग नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले विदेशबाट फर्केकाहरुलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था गरिरहेको बताउनुहुँदै समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न निकै गा¥हो हुने बताउनुभयो ।

 जुनसुकै समयमा आइपर्ने अप्ठ्यारो परिस्थितिमा सबैले आफूले सक्दो सहयोग र योगदान गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले लोप भइसकेको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित लापां देगंको पुनःनिर्माण गर्ने सोचका साथ अगाडि बढिहरेको बताउनुभयो ।
[[img2]]
    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोगलाई बेवास्ता गरेका देशहरुमा निकै भयावह स्थिति आएको हुँदा रोगको जोखिम न्युनीकरण गर्न भक्तपुर नगरपालिकाले गाईजात्रालगायतका जात्राहरुलाई औपचारिकतामा सीमित गर्ने योजना रहेको बताउनुभयो ।
    कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोरोना रोगको जोखिमका कारण भक्तपुरको सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नाच तथा प्रदर्शनीहरु समय र परिवेशअनुसार परिमार्जन र परिष्कृत गर्दै लानुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुरका मूर्त अमूर्त सम्पदा र संस्कृतिहरु यहाँको पहिचान भएको बताउनुहुँदै कोरोना संक्रमित रोगीहरुसँग सम्पर्क हुन नदिन नजिकिँदै गरेका जात्रा तथा पर्वहरुलाई औपचारिकतामा सीमित गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
    
    

फाेटाेमा हेर्नुहाेस्...

Comments