सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ : प्रमुख शाक्य
भदौ ३०, २०७८, बुधबार | विहान ०६:३४ बजे | 40
काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । वडा १२ मा हिजो पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र यसको प्रवर्धनका लागि पर्यटनसँग सम्बन्ध जोड्न जरुरी रहेको बताउनुभयो । ‘सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम संकलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्छ ।’ शाक्यले, पहिले बैङ्कले ऋण नदिने ठाउँमा अहिले ऋण दिन थालेको बताउँदै सानातिना प्रयासबाट गरिने परिवर्तनले समृद्धि ल्याउने बताउनुभयो ।