सामुहिक पञ्चदानबाट उठेको १५१,१११ रुपैया ५ महिने अर्विन बज्राचार्यको बोनम्यारो ट्रान्सप्लाण्टका लागि हस्तान्तरण
भदौ २८, २०७८, सोमबार | विहान ०३:३५ बजे | 80
काठमाडौं । आज मिति २०७८–५–२६ गतेका दिन बज्रशील महाविहार इकुबहालमा बज्राचार्य क्लब द्वारा आयोजना गरेको सामुहिक पञ्चदान कार्यक्रमबाट उठेको रू. १५१,१११÷– (रू. एक लाख एकाउन्न हजार एक सय एधार मात्र) पचली काठमाडौं निवासी रवि तथा अन्जना बज्राचार्यको ५ महिनाको छोरा अर्विन बज्राचार्यको बोनम्यारो ट्रान्सप्लाण्ट गर्नका लागि हस्तान्तरण गरीयो ।
साथै वि.सं. २०७८–४–२७ देखि ४–२९ सम्म ६ घण्टाकोःMS Excel Certification Courseको प्रमाण पत्र वितरण कार्यक्रम पनि सम्पन्न भयो । यस कार्यक्रमका सभापति ज्योति बज्राचार्य, अतिथिहरुमा प्रशिक्षक श्री निर्मल बज्राचार्य, संस्थापक अध्यक्ष शैलेन्द्रमान बज्राचार्य, निर्वतमान अध्यक्ष सुजन बज्राचार्य, भूतपूर्व अध्यक्ष विप्लप बज्राचार्य तथा MS Excel Certification Course का संयोजक अल्वर्ट बज्राचार्य हुनु हुन्थ्यो ।
अर्विन बज्राचार्यको जिवन रक्षाका लागि पञ्चदानबाट उठेको रकम हस्तान्तरण भएतापनि नपुग भएकाले अर्विन बज्राचार्यको खाता नं. 089003362W Nepal Bangladesh Bank, Sanepa Branch मा डिपोजिट गरी पुण्य कमाउनु हुन अपिल गर्दछौं ।