काठमाडौँ उपत्यकामा फोटोग्राफी क्षेत्रमा आवद्ध व्यवसायीहरुको छाता संगठन


भदौ २७, २०७८, आइतबार | दिउँसो १२:५३ बजे | 35


काठमाडौँ उपत्यकामा फोटोग्राफी क्षेत्रमा आवद्ध व्यवसायीहरुको छाता संगठन

काठमाडौँ ।  फोटोग्राफर संघको तेह्रौँ साधारण सभा तथा सातौँ महादिवेसन यही २०७८ साल भाद्र २६ गते शनिवार, नयाँ बानेश्वर स्थित अर्पण बैंक्वेटमा सम्पन्न भयो। उक्त कार्यक्रमको सभापतित्व यस संघका अध्यक्ष श्री मोति बहादुर बोगटिज्यूले गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी मञ्जु कुमार श्रेष्ठले पानसमा दीप प्रज्जवलन गरि उद्धघाटन गर्नुभयो। यस कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्षहरु लगायत फोटोग्राफी व्यवसाय र फोटोग्राफीसँग सम्बिन्धित व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो। उक्त कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य फोटोग्राफर तथा महिला फोटोग्राफरलाई सम्मान गरियो।


यस कार्यक्रममा काठमाडौँ, ललितपुर तथा भक्तपुरमा फोटोग्राफी व्यवसाय सञ्चालन गर्ने फोटोग्राफरहरुको उल्लेखनिय सहभागिता रहेको थियो। निर्वाचन मण्डलको भुमिकामा वरिष्ठ फोटोग्राफर तथा काठमाडौँ फोटोग्राफर संघका सल्लाहकार रत्नमान आसु, राजभाई सुवाल तथा वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेतले निर्वाह गर्नुभएको थियो। निर्वाचन प्रकृयामा पनि फोटोग्राफरहरुको उल्लेखनिय सहभागिता रहेको थियो।

संघको नयाँ कार्यसमितिमा निर्विरोध रुपमा हरि प्रसाद घिमिरे सचिव, झक्कु रोक्का कोषाध्यक्ष तथा राधिका काफले महिला सदस्यमा निर्वाचित हुनुभयो भने अन्य पदहरुको लागी मतदान भएको थियो। निर्वाचन पश्चात अध्यक्षमा डिगम्बर राजवंशी, उपाधक्षमा भोला काफ्ले र सहसचिवमा  रेशमराज पण्डित विजयी हुनुभयो। यस्तै सदस्यहरुमा आनन्द प्रभाकर घिमिरे, किरण श्रेष्ठ, सानुकाजी मर्हजन, नन्दु श्रेष्ठ, खड्ग बहादुर राजवंशी, तारा बहादुर न्यौपाने,अमृत श्रेष्ठ, शुशिल ज्ञवाली, हरि ज्ञवाली, रुपेश थापा तथा किशोर रिजाल विजयी हुनुभयो।

Comments