विराटगुथिको ५४ औं साधारणसभा


भदौ २६, २०७८, शनिबार | दिउँसो १२:१६ बजे | 35


विराटगुथिको ५४ औं साधारणसभा

बाबुकाजी श्रेष्ठ


भक्तपुर । भक्तपुरको ऐतिहासिक संस्था विराट नेपालभाषा साहित्य सम्मेलन गुथिको ५४औं साधारणसभा स्थानीय अजिमा पार्टी महलमा गरेको छ । गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुथिका पूर्व अध्यक्ष्ँ  एवं संस्थापक सदस्य नरेन्द्र भक्त हाडाले गर्नुभयो ।

गुथिका सदस्य विजेन्द्रवीर कर्माचार्यले स्वागत गरी शुरु भएको उक्त साधारण सभामा गुथिका सचिव पुष्पलाल तिमिलाद्वारा प्रस्तुत आ.व. २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०७८÷७९ को आगामी कार्यक्रम तथा कोषाध्यक्ष रामगोपाल चगुथिद्वारा प्रस्तुत आ.व. २०७७÷७८ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरियो ।

गुथिले आगामी कार्ययोजनाको रुपमा गुथिको भवन निर्माण गर्न बागमती प्रदेश सरकारबाट रू. १००००००।– सहयोग प्राप्त हुने जानकारी दिनुभयो । यसवर्ष भवन निर्माण सम्पन्नगर्ने लक्ष्यका साथ अगाडि बढिरहेको अवस्थामा भवन निर्माणको लागि आर्थिक सहयोगको अपेक्षा समेत गरिएको उक्त सभामा ६० औं विराट नेपालभाषा साहित्य सम्मेलन भव्य रुपमागर्ने निर्णय गरेको छ ।

कार्यक्रममा गुथिका पूर्व अध्यक्ष एवं साहित्यकारहरु डा.योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, कृष्णभक्त बोडे र प्रदिप शाक्य उपस्थित रहेको थियो । सोही कार्यक्रममा पुर्णोत्तम श्रेष्ठ र उमा श्रेष्ठले गुथिको भवन निर्माण गर्न रू. २५०००।– आर्थिक सहयोग प्रदान गरेको थियो । कार्यक्रम गुथिका सदस्य बाबुकाजी सुवालले संचालनगर्नु भएको थियो


Comments