समदर्शीमा लगानी अभिमुखिकरण कार्यक्रम


भदौ २६, २०७८, शनिबार | विहान ०६:३३ बजे | 65


समदर्शीमा लगानी अभिमुखिकरण कार्यक्रम

यस समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को ब्यवसाय प्रबद्र्धन उपसमितिको आयोजनामा लगानी अभिमुखिकरण कार्यक्रम संस्थाको कार्यालय महेश्वरीस्थान–८ मा शनिबार सम्पन्न भयो ।


उपसमिति संयोजक बद्रीप्रसाद अवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक र कार्यक्रमका सहजकर्ता हरिराम लवजूले लगानी सम्बन्धी जानकारी, सहुलियत कर्जा सम्बन्धी जानकारी र लगानी प्रबद्र्धनमा समदर्शीको सेवाको बारे प्रशिक्षित गर्नुभयो ।
[[img2]]
त्यस्तै संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरले यस आर्थिक बर्षको ३ महिने कार्ययोजना अन्तर्गत आजको लगानी अभिमुखिकरण कार्यक्रम भदौ महिनाको अन्तिम कार्यक्रम रहेको जानकारी गराउनुभयो । १८ औं साधारण सभाबाट नयाँ कार्य समिति चयन भए पछि  सदस्यता बृद्धि, निक्षेप संकलन, ऋण लगानीलाई जोड दिदैं आएको तथा संस्थाका सदस्यलाई आइपर्ने हरेक किसिमका समस्या समाधानमा संस्था तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा सभापति बद्रीप्रसाद अवाल,उपसमिति सदस्य श्रीराम धुसुजू र गिता दुवालले बोल्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

समदर्शीमा लगानी अभिमुखिकरण कार्यक्रम

Comments