भक्तपुरकी सरस्वती वाटी बागमती प्रदेशको राज्यमन्त्रीमा नियुक्त
भदौ २३, २०७८, बुधबार | दिउँसो १२:४६ बजे | 55
भक्तपुरकी सरस्वती वाटी बागमती प्रदेशको राज्यमन्त्रीमा नियुक्त भइएकी छिन् । हाज विस्तार भएको मन्त्रीपरिषदमा उनी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी हुन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदी सामाजिक विकास मन्त्रालय, प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।