कपाल फुले पनि युवा नै हुन् ओली ?


भदौ २३, २०७८, बुधबार | विहान ०६:१७ बजे | 55


कपाल फुले पनि युवा नै हुन् ओली ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूलचुकले आफ्नो कपाल फुले पनि आफू युवा नै रहेको बताएका छन् ।
सोमबार युवा संघद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टीमा प्रवेश गरेकाहरुलाई हौसला दिँदै आफ्नो कपाल भूलचुकले फुले पनि आफू युवा नै रहेको बताए ।
उनले भने, ‘भुलचुकले कपाल फुल्यो त्यो बेग्लै कुरा हो तर, म आफूलाई युवा नै ठान्दछु । तपाईहरु युवा संघबाट युथ फोर्समा प्रवेश गर्दै हुनुहुन्छ । तपाईले देशका लागि काम गर्ने अठोट राख्नुभएको छ । अब तपाईले झूठ कुरा बोल्नुपर्दैन, साँचो कुरा ढाकछोप गर्नुपर्दैन । ’
एमालेप्रति जनताको अथाह विश्वास रहेको पनि उनले कार्यक्रममा सुनाएका छन् । उनका अनुसार एमाले सरकारमा रहनुमा अर्थ राख्दैन ।
‘एमाले सरकारमा हुनु र नहुनुमा फरक देशलाई पर्छ । विकासमा पर्छ, राष्ट्रियतामा पर्छ तर, जनताको एमालेप्रतिको विश्वासमा फरक पार्दैन । आफ्ना देशभक्ती नीति र अडानका कारण । आज हजारौँ साथीहरु युवा संघ (नेकपा एमाले) मा प्रवेश गर्नुभएको छ,’ उनले भने । यो न्यु २४ न्युजमा छ

Comments