आइतबार उपत्यकामा ६ जना संक्रमित
असार २८, २०७७, आइतबार | विहान ११:३९ बजे | 65
आइतबार उपत्यकामा ६ जना संक्रमित
काठमाडौं । आइतबार उपत्यकामा ६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । काठमाडौंमा ५ जना र ललितपुर जिल्लामा १ जनामा कोरोना पोजिटिभ देखाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाइएको छ ।
उपत्यकामा ६ जना थपिएसँगै कुल संख्या ३ सय ४७ पुगेको हो । उपत्यकामा देखिएको धेरैजसो संक्रमितमध्ये बाहिरबाट आएकाहरु जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन् ।
त्यस्तै कत्ति पनि संक्रमित नभएका जिल्लाहरुमा धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला छन् ।
आइतबार देशभर थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।