माधब नेपाललाई आफूसँंग चुनाव लडेर देखाउन पूर्वमन्त्री गोकुल बाँंस्कोटाको चुनौती


भदौ २०, २०७८, आइतबार | दिउँसो १२:४८ बजे | 35


माधब नेपाललाई आफूसँंग चुनाव लडेर देखाउन पूर्वमन्त्री गोकुल बाँंस्कोटाको चुनौती

काभ्रे । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समाजवादी पाटीलाई भाइ काङ्ग्रेसको संज्ञा दिदै भन्नुभयो, फुर्ति लगाउने भाइ काङ्ग्रेसहरुलाई आउने चुनावमा कोल्याप्स गरिन्छ ढुक्क हुनुस् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई काभ्रेमा आफूसग चुनाव लडन चुनौती दिनुभएको छ ।
काभ्रोमा १३ वटा पालिका नै हाम्रो हुनेछ ढुक्क भएर लाग्नुस्। काभ्रे जिल्लाको बनेपामा आयोजित एमाले काभ्रेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । बाँस्कोटाले चुनावको खालमा बसेका काङ्रेस एमाले नै हो अरू सबै च्याखे दाउ हुन भन्दै उहाले नेकपा एकीकृत समाजवादी दललाई काभ्रेमा जमानत जफत गराइदिने बताउनु भएको हो ।
बाँस्कोटाले जनताले एमालेलाई दिएको मत कांग्रेसको पाउमा लगेर शेरवहादुर देउवालाई बेच्नेहरुले आफूमाथि प्रश्न उठाउने नैतिक हैसियत नरहेको दावी गर्दै प्रदेश सभामा एमालेबाट जितेर नेकपा नेकपा एकीकृत समाजवादी लागेका लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईलाई अबको चुनावमा आफ्नो वडामा जितेर देखाउन चुनौति दिनुभयो ।
बाँस्कोटाले काभ्रेमा बिकासको बाहक एमाले भएको भन्दै एमालेलाई काभ्रेमा कसैले हराउन नसक्ने बताउदै एमालेसग प्रतिस्पर्धा गर्ने कोल्याप्स हुने बताउनु भएको हो । फुर्ति लगाउने भाइ काङ्ग्रेसहरुलाई चुनौती दिनुभयो ।
नेकपा एमाले काभ्रेमा नेकपा एकीकृत समाजवादी भन्दा बलियो देखिएको छ काभ्रे जिल्ला चर्चित नेता गोकुल बास्कोटाको गृह जिल्ला पनि हो, उहाले गरेको बिकास र जनताको पक्षमा गरेका कामका कारण पनि नेकपा एमाले काभ्रेमा बलियो देखिएको बताइन्छ ।



Comments