भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर ईन्टरनेशनल अस्पतालबीच सेवा सम्बन्धी सम्झौता


भदौ २०, २०७८, आइतबार | विहान १०:४२ बजे | 25


भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर ईन्टरनेशनल अस्पतालबीच सेवा सम्बन्धी सम्झौता

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका सदस्यहरु तथा वहाँहरुका परिवारका सदस्यहरुको स्वास्थ्य उपचार लगायत प्रयोगशाला परिक्षण, ओपिडी, एक्सरे, तथा अन्य आकश्मिक सेवाहरुमा विशेष सहुलियत दर र छुट सहित  सेवा उपलब्ध गराउने विषयमा संघ र कौशलटार स्थित भक्तपुर ईन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । भक्तपुर उद्योग वाणिज्य संघमा आयोजित एक समारोहमा संघको तर्फबाट अध्यक्ष श्री प्रदीप श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो भने अस्पतालको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री रामजीकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भयो ।
उक्त अवसरमा बोल्दै संघका अध्यक्ष श्री प्रदीप श्रेष्ठले यस सम्झौताले संघका सदस्यहरुलाई अस्पतालले राम्रो सेवा प्रदान गरी शुल्कमा पनि  विशेष सहुलियत दिने भएको हुनाले यसले राम्रो र सकारात्मक सन्देश प्रवाह हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । यस सम्झौता पश्चात संघका सम्पूर्ण बहालवाला सदस्यहरुलाई प्रिभिलेज्ड् कार्ड प्रदान गरिने हुनाले यसबाट हाम्रा सदस्यहरु अनावश्यक झमेलाबाट जोगिने पनि बताउनु भयो । त्यस्तै वहाँले यस सम्झौताले सदस्यहरुलाई स्तरीय स्वास्थ्य उपचारमा सहजिकरण हुन्छ भयो ।
त्यसै गरी अस्पतालका प्रमुख प्रशासकीय अधिकृत श्री रामजी कुमार श्रेष्ठले यस समझौताले अस्पताल र संघबीच रहेको सम्बन्धलाई अझ प्रगाढ पार्ने छ भन्दै अस्पतालले गुणस्तरीय सेवा प्रदानमा कुनै कमी नगर्ने विश्वास दिलाउनु भयो ।  त्यसै गरी अस्पतालले संघका सम्पूर्ण सदस्यहरुको प्रिभिलेज्ड् कार्ड बनाउन शुरु गरि सकेको र केही दिन मै उपलब्ध गराउने पनि बताउनु भयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले संघका सदस्यहरुका लागि यो राम्रो सेवा हुने बताउँदै यसमा कुनै पनि प्रकारले सेवाको स्तरमा कमी नहोस् र यसले उदाहरणीय नतिजा देओस् भन्ने कामना गर्नु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा कार्य समिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।   

Comments