उद्घोषण तथा प्रभावकारी सार्वजनिक भाषण तालिमको प्रमाणपत्र वितरण


भदौ १९, २०७८, शनिबार | दिउँसो ०१:५९ बजे | 50


उद्घोषण तथा प्रभावकारी सार्वजनिक भाषण तालिमको प्रमाणपत्र वितरण

स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा भक्तपुर जेसीज्को आयोजनामा गत भाद्र ९ गतेबाट शुरु भएको एकहप्ते उद्घोषण तथा प्रभावकारी सार्वजनिक भाषण तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम आज भक्तपुर जेसीजको सचिवालयमा सम्पन्न भयो। सहभागिताको प्रमाणपत्र वितरण गर्नुहुँदै प्रमुख अतिथि तथा भक्तपुर जेसीजका पूर्व अध्यक्ष एवं भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जेसिआई सिनेटर शिव मानन्धरले भक्तपुर जेसीज् मार्फत आफ्नो नेतृत्त्व तथा व्यक्तित्त्व विकासको अवसर प्राप्त भई आजम्मको उपलब्धि प्राप्त भएको प्रसङ्ग उठाउनु भएको थियो।
कार्यक्रममा भक्तपुर जेसीज् क पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व कानूनी सल्लाहकार रामेश्वर भुजू, प्रशिक्षक एवं काठमाडौं लेडि जेसीजका पूर्व अध्यक्ष सजना नकर्मीले पनि सान्दर्भिक मन्तव्य दिनु भएको थियो।भक्तपुर जेसीजका वर्ष २०२१ का अध्यक्ष शुभराम मुनंकर्मीको सभापतित्त्वमा भएको कार्यक्रममा  कानूनी सल्लाहकार एवं पूर्व अध्यक्ष विनोद मुनंकर्मीले स्वागत र कार्यक्रम संयोजक अनुज हाडाले धन्यवाद गर्नुभएको थियो। निवर्तमान अध्यक्ष विवेश दण्डेख्याले जेसीज आस्था पाठ गरी शुरु गरिएको कार्यक्रमको संचालन तालिम सहभागी मञ्जु दुवालले गर्नु भएको।

Comments