वडाध्यक्ष श्रेष्ठको निधनप्रति प्रमुख शाक्यबाट शोक सन्देश ः अभिभावक गुमाएको अनुभूति प्रकट
भदौ १८, २०७८, शुक्रबार | दिउँसो ०१:०१ बजे | 50
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ । आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ । सन्देशमा प्रमुख शाक्यले मृत आत्माको चीर शान्तिको काम गर्दै वियोग पीडामा रहनु भएका शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र महानगरवासीको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
हिजो साँझ ५ बजेर २६ मिनेटमा उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनु भएका श्रेष्ठको शव राती अस्पतालमै राखिएको थियो । आज विहान करीव साढे ९ बजेतिर अन्तिम श्रद्धाञ्जली शवलाई वडा प्राङ्गण दमाइ टोल लगियो । त्यहाँ पुगेर प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु वडा सदस्यहरु, कर्मचारीसँगै स्थानीयबासीले पार्थिक सरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
१७ गते मध्यान्न करीव १ बजेसम्म स्वास्थ्य अवस्था सामान्य थियो । दिउँसो २ बजे शौचालय गएर गएर फर्किएपछि छातीमा असजिलो भएको देखिन थालेको थियो । उहाँ आफैँले आसीयुमा उपचार गर्नुपर्छ भन्नुभएको थियो । त्यसपछि आईसीयु र भेन्टिलेटरमा राखेर उपचार जीवन बचाउने प्रयास गरिएको थियो । अन्तिम समयमा मधुमेह धेरै माथि र सोडियमको मात्रा निकै कम भए पछि बचाउने प्रयास विफल भएको थियो ।