कांग्रेसको वडा अधिवेशन ः भक्तपुर नगरपालिका १० मा कृष्णकुमार सुवाल
भदौ १८, २०७८, शुक्रबार | दिउँसो १२:४१ बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा नेपाली कांग्रेसको वडा अधिवेशनले कृष्णकुमार सुवाललाई सर्वसम्मत रुपमा सभापतिा चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार बिहान वडा अधिवेशनमा वडा इकाई समिति र क्षेत्रीय प्रतिनिधि चयन सर्वसम्मतरुपमा सम्पन्न भएको हो ।
पार्टी जिल्ला कोषाध्यक्ष विजेश अवालका अनुसार वडा इकाई समितिको दुई जना उपसभापतिमा विश्व अवाल र भुवन उलक चयन भएका छन् । यस्तै, दुई सचिवमा गोपाल कर्माचार्य र सचिन अवाल, दुई सहसचिवमा रश्मी अवाल र मिलन भोमी सर्वसम्मत चयन भएका छन ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिहरुमा विजेश अवाल, शिवराम दुवाल, रमेश अवाल, राम अवाल, सुरेन्द्र भोमी, सञ्जीव कुमार प्रधानाङ्ग, सुरज प्रजापति, हरिशरण साँगाछें, सुरोज रजितकार, गंगालक्ष्मी अवाल, अनिता श्रेष्ठ, अनु अवाल, सवनम अवाल, बबि थापा र सरिना श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।