महाधिवेशन सफल बनाउन आह्वन प्रधानमन्त्री देउवाको आह्वान


भदौ १८, २०७८, शुक्रबार | विहान ०७:३३ बजे | 45


महाधिवेशन सफल बनाउन  आह्वन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन सफल बनाउन आह्वान गरेका छन्। नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडा अधिवेशन शुक्रवार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थायित्व र संविधानको रक्षाका लागि कांग्रेसको महाधिवेशन सफल बनाउनुपर्ने सुनाए।
उनले कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन पनि महाधिवेशन सफल बनाउनुपर्ने बताए। अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै देउवाल भने, “महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्वचयन गर्ने थलो हो।”


उनले पार्टीलाई संवैधानिक संकट आउन सक्ने भएकाले कोरोनाको जोखिमका बीच महाधिवेशन गर्नुपरेको बताए। ‘कांग्रेसको वैधानिकताजोगाउनपनि कोरोनाको जोखिमकाबीचमहाधिवेशनगर्नु परेको हो, उनले भने महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सहभागी हुन आह्वान गर्दछु ।’
नेकपा एमालेका एक नेताले भक्तपुरमा चुनाव लड्न गरेको चुनौतीको जवाफ दिँदैं प्रधानमन्त्री देउवाले आफुसँग नभई जिल्ला सभापति दुलर्भ थापालाई निर्वाचनमा हराएर देखाउन चुनौती दिए।

कार्यक्रममा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको महाधिवेशनलाई राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति केन्द्रहरुले चासोका साथ हेरिरहेको बताउँदै मुलुक र पार्टीको प्रतिष्ठा कायम गरि राख्न पनि महाविधेशन सफल बनाउनु पर्ने बताउँछन् । उनले भने, ‘कांग्रेस मुलुकको जेठो र लोकतान्त्रिक पार्टी हो । कांग्रेसको महाधिवेशनको सफलताले मुलुकको लोकतन्त्रको भविष्य पनि जोडिएको छ ।”

वडा इकाई सभापति राजु ढुंगेलको सभापत्विमा सम्पन्न कार्यक्रम मानेपाली कांग्रेस जिल्ला सभापतिदुर्लभथापाले भक्तपुरमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताए। उनले अधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन गर्नु पनि लोकतान्त्रिक प्रक्रिया भएपनि सौहार्दपूर्ण तरिका र स्वच्छ प्रतिष्पर्धा मार्फत नेतृत्व चयन हुने दावी गरेका छन्।

Comments