सरसफाई क्षेत्रमा कार्यरत दुई सय सरसफाईकर्मीको परिवारलाई खाद्यान्न सामग्री तथा स्वच्छता किट वितरण
भदौ १७, २०७८, बिहीबार | दिउँसो ०३:५९ बजे | 30
काठमाडौं । सरसफाईकर्मीहरुको कार्यलाई सरकारले महामारीको अवस्थामा सबैमा विभिन्न महत्वपूर्ण सुविधाअन्तरगत एक महत्वपूर्ण सुविधाको रुपमा उल्लेख गरेको पाइन्छ । सरसफाईकर्मीहरुले प्रथम पङतीमा रहेर कोभिड संक्रमित रहेको घरहरु र सडकका फोहोर व्यवस्थापन गर्दै आएका छन् । कोभिडको महमारीको समयमा यी सरसफाईकर्मीहरु अझै जोखिममा परेको देखिन्छ तर यिनै सरसफाईकर्मीहरुलाई कुनै सरकारी सुविधा उपलब्ध भएको छैन । अझ अनौपचारिक क्षेत्रमा आवद्ध सरफाईकर्मीहरु दिनहु जोखिममा रहेर शहरको स्वच्छताका लागि खटिँदा पनि आफ्नो तलब नपाएको वा कम तलब पाएको गुनासो राख्दछन् ।
यिनै सरसफईकर्मीहरुको देश स्वच्छ राख्ने मेहेनतमा साथ दिन गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा कोभिड १९ ¥यापिड याक्सन टास्क फोर्सको संयुक्त आयोजनामा २०० सरसफाईकर्मी परिवारहरुलाई खाद्यान्न र स्च्वच्छता सामग्री सहयोग गरेको छ । उक्त सहयोगले करिब १००० अनौपचारिक क्षेत्रका सरसफाईकर्मी र उनका परिवारहरुलाई खाद्यान्न सहयोग पुग्ने जानकारी दिइयो । यसका साथै सरसफईकर्मीहरुका लागि मास्कको सही सदुपयोगका लागि जनचेतनामूलक अभिमुखिकरण पनि दिइयो ।
सरसफाईकर्मीहरु समाजका सरसफाई दुत हुनुहुन्छ भन्नु हुँदै संविधान सभाका पूर्व साँसद विमल केडियाले सरसफाईकर्मीहरुले सरसफाई क्षेत्रमा पु¥याउनु भएको योगदानको सह्राना गर्नुभयो । जनस्वास्थ्यमा सरसफाईको महत्व सवैले मनन गरी सरफाईकर्मीहरुको कार्यलाई सम्मान गर्नु आवश्यक रहेको कुरा बताउनु हुँदै सरसफाईकर्मीहरुको सहकारी स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका लागि केडियाले रु ५१,००० नगद सहयोग हस्तान्तरण गर्नुभयो ।
महानगरलाई स्वच्छ राख्न सरसफाईकर्मीहरुले गरेको योगदाननिक्कै महत्वपूर्ण छ । सिसडोल २÷४ दिनबन्दहुँदाहाम्रो नगरको विभिन्न स्थानमाफोहोरको डंगुर थुप्रिएको देखिन्छ । सर्वसाधारणहरु फोहोरका कारण दुर्गन्धितभएको कुरा राख्न वडा कार्यालयमा आउँदछन् । यदि सरसफाईकर्मीहरुले दिनहु सफानगर्ने हो भने समाजमाविभिन्न रोगहरु फैलने त्रासको वातावरण रहन्थ्यो । त्यसैले सरसफाईकर्मीहरुको कार्यलाई सम्मानदिनु आवश्यक रहेको काठमाडौं महानगरपालिका वडा नं. २ का वडा अध्यक्षर कार्यक्रमकाप्रमुखअतिथिराजेन्द्र श्रेष्ठले बताउनु भयो ।
प्रत्येक दिन काठमाडौं उपत्यकामा १२०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ भने यसको ५०% फोहोर काठमाडौं महानगरपालिकावाट उत्पादनहुने गर्दछ । कोरोनाको महामारीको समयमा संक्रमणको जोखिमको अवस्थामापनिसरसफाईकर्मीहरुले फोहोर व्यवस्थापनको कार्य नगरेका भएउपत्यकामा फेहोरको डंगुर हुने थियो र अर्को महामारीको सम्भावनाहुन सक्थ्यो ।
सरसफाईकर्मीहरुलाई सरकारले अरु त के भन्नु स्वास्थ्य सुविधापनिउपलब्ध गरेको छैन । प्रत्येक दिनमास्क र पन्जाआफ्नै खर्चमालगाई सरसफाईकर्मीहरुले काम गरिहेका हुन्छन । संक्रमण हुने भन्ने डर एकातिर छ भने कामबन्दभएकहाँबाट कमाउने र के खाने भन्ने चिन्ताअर्को तिर लिएर काम गर्न बाध्य छन । अहिले सिस्डोल बन्दहुँदा सवै सरसफाईकर्मीहरुमाअर्को चिन्ता बढेको छ ।गुथिकाप्राविधिक सल्लाकार प्रकाशअमात्यले बताउनुभयो ।
‘‘फोहोर संकलनगर्दा संक्रमण हुनेपो हो किभन्ने डर सधै रहन्छ ।’’ सफाईकर्मीमायाँतामाङ्गले भने । उहाँले गैरसरकारी संस्थामार्फत महामारीको सुरुवातामा सर्जीकलमास्क र पन्जापाएको तर अहिले सम्म सरकारबाट कुनै सहयोगनपाएको गुनासो राख्नु हुँदै अहिले त आर्थिक अभावले बिनामास्ककामगर्नुपर्ने अवस्था रहेको बताए ।
‘‘अधिकतम सरसफाईकर्मीहरु अनपढ छन् र उनीहरुलाई कुनै एक ठाउँमा काम गरेर जीवीकापोर्जन गर्न पुग्ने तलबपाउदैन । त्यसैले दैनिक २–३ ठाउँमा काम गर्नु पर्दछ । महामारीका कारण लकडाउनले कार्यालय,व्यवसायहरु बन्द भएपछि आयस्रोत पनिबन्दभयो । सडक बर्ढार्ने कामपनि एक महिनाकामभएअर्को महिनानपाए पछिमलाई खानाको लागिपनिनिकै समस्याभयो । भोकैबाँच्न नस्कने भएपछि ऋण लिएर रासन घरमा ल्याउनबाध्यभएअझै पनित्यो कर्जा चुक्ता गर्न सकेको छ्रैन’’स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहकाअध्यक्षअन्जु पोडेले भने ।
‘‘सरसफाईकर्मीहरुले दिनहु संक्रमणको सन्त्रास संगै काम गरिरहेका हुन्छन उनीहरुलाई पनि डाक्टरहरुले प्रयोग गर्ने सुरक्षा सामग्रीको जरुरी भएको कुरा स्वास्थ्यमन्त्रालयलाई राख्दा डाक्टरहरुलाई त अहिले सुरक्षा सामग्रीप्रदान गर्न नसक्ने अवस्थामा सरसफाईकर्मीहरुलाई कुनै सहयोग दिननसकने कुरा भन्नुभयो ।’’सरसफाई व्यवस्थापन संघ नेपालकापुर्व अध्यक्षवासु उप्रेतिले भन्नुभयो ।
धेरै समय पछि जिवन सामान्यतर्फ जाँदै गरेको तर सरसफाईकर्मीहरुमाअझै त्रास रहेको गुनासो स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहकाउपाध्यक्षरामेश्वर पोखरेलले गर्नुभयो । कोरोनाको महामारी पनिहामीले सम्पूर्ण सफाईकर्मीहरुलाई काममा राख्नथालेको थियौ तर फेरी यो वर्षातका कारण सिस्डोल ल्याण्डफिल बन्द भएपछि पूर्ण सरसफाईकर्मीमा कामनपाउने डर भएको छ र हाम्रो कम्पनीले पनिकामनभई तलबदिने क्षमताहाम्रो छैन ।
सार्वजनिकशौचालयमाकामगर्दै आएका परमा देउलाले लकडाउनको समयमाशौचालय संचालन गर्न सकिएनभने आजखुकुलो भइसकेपछिको आवस्थामापनिशौचालयप्रयोगकर्ताबाट संकलित शुल्कबाट यसको व्यवस्थापन र संचालन गर्न नै गाहे भएको उनले बताए।
सडक बढारेर जीवीकोपार्जन गर्दै आएकाअनौपचारिक सरसफाईकर्मी कल्पनाथापाले अब त लकडाउन खुल्यो कोरोना हट्यो भन्ने सोचेको तर सिस्डोल बन्दभए पछि फेरि हाम्रो काम समय समयमाबन्दभएको छ । कोरोनाको समयमा संक्रमण हुने डर र कामजाने डर थियो । अहिले पनिहामी जस्ता सरसफाई क्षेत्रमाकार्यरत कामदारहरुको कामखोसिएलाकीभन्ने डर सधै रहिरहन्छ ।