पुस्तकमा भिंम्ह मनू अर्थात् असल मान्छे
असार २६, २०७७, शुक्रबार | दिउँसो १२:२८ बजे | 50
भक्तपुर । भिंम्ह मनू अर्थात् असल मान्छे पुस्तकमा भेटिएको छ । भिंम्ह मनू, असल मान्छे र डिलिजेन्ट पर्सन गरी नेपाल भाषा, नेपाली भाषा र अंग्रेजी भाषामा रहेको पुस्तक प्रकाशित भएको हो । तीन वटा भाषामा एउटै पुस्तकमा प्रकाशित सम्भवत यो पहिलो पुस्तक हो । यो श्रृव्य नाटक हो । नाटकका लेखक भक्तपुरका पशुपतिमान प्रधान रहेका छन् । उनले लेखेको नाटकलाई एउटै पुस्तकमा तीन वटा भाषामा रुपान्तरण गरिएका हुन् ।
[[img2]]
पुस्तकको प्रकाशन कुतः पिकाक तिवुक्छे भक्तपुरले गरेको हो । पुस्तकको मूल्य ७५ रुपैयाँं रहेको छ । पुस्तक २०७३ सालमा प्रकाशित भएको हो । आफनो सरकारी सेवाका अवधिमा लेखिएको यो नाटक रेडियो नेपालमा पनि श्रव्य नाटकका रुपमा प्रशारित भइसकेको लेखक प्रधानले जनाए ।