वर्तमान सरकार कुपोषण लागेको सरकार ः महेश वस्नेत


भदौ १४, २०७८, सोमबार | विहान ०९:३८ बजे | 65


वर्तमान सरकार कुपोषण लागेको सरकार ः महेश वस्नेत

भक्तपुर । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले बिगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारवाहिको सिफारिस गरेकोमा बिभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केहि पक्ष नेपालको राजनीतिलाई अस्थितरता तर्फ धकेल्ने प्रयासमा लागेको अवस्थामा सभामुख सापकोटाले गरेको निर्णय उनीहरुको पक्षपोषणमा रहेको र नेपाली राजनीति र संबिधानको सवालमा गलत नजिर बसालेको बताए ।  
उननले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको आरोप लगाए । वर्तमान सरकारले सामेल दलहरुले संबिधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरा दिने प्रक्रियकासाथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बस्नेतले बताए ।
नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले काँग्रेससँग सहकार्य गरि आफ्नो छोरीलाई मेयर बनाएको र २०७४ को निर्वाचनमा एमालेसँग च्याँखे थापेको बताउँदै आगामी निर्वाचनमा महागठबन्धनको नाममा नयाँ च्याँखे थाप्न लगेको बस्नेतले आरोप लगाए । उउले भने वर्तमान माधब नेपालको एकिकृत नेकपा समाजवादी दल गठनको कुनै औचित्य नरहेको भन्दै सुरुवातमै मन्त्रि पालै पालो खाने खेलबाट प्रष्ट रहेको उनको भनाई छ ।
वर्तमान सरकारले पूर्णता पाउन नसक्नुको पछाडिको रहस्य टाउकोले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले टाउको हल्लाएको  भन्दै बस्नेतले भने, अबको एक मात्र बिकल्पको तीनै तहको निर्वाचन तत्काल गरिनु हो ।
वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितब्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम बिकल्प रहेको बस्नेतको भनाई छ ।
उनले संबिधानको मिचेर अ‍नेका खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि धकेल्दै संसदमा र सांसद बीच फोहोरी खेल खेल्दै एमालेलाई कम्जोर बनाउँने सपना नदेख्न र निर्वाचनमा उत्रन समेत आवाह्न गरे ।

Comments