कर्मचारीको निधनपछि भोलि चाँंगुनारायण नगरपालिकाभरि विदा
भदौ १४, २०७८, सोमबार | विहान ०४:४८ बजे | 50
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाले एकजना कर्मचारीको निधन भएको भन्दै भोलि मंगलबार नगरपालिकाभरि विदा दिएको छ ।
नगरपालिकामा कार्यरत कर्मचारी राजकुमार दाहालको निधन भएको भन्दै सार्वजनिक सूचना जारी गरी नगरपालिकाले शोक विदा घोषणा गरेको हो । दाहालको हिजो आइतबार निधन भएको थियो । दाहाल २०७४ सालदेखि नगरपालिकामा हलुका सवारीस चालकको रुपमा कार्यरत थिए ।
चाँंगुनारायण नगरपालिकामा वडा नं १ देखि १० नम्वर वडासम्म छन् । भक्तपुरमा भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी चार वटा नगरपालिका कार्यालयहरु छन् ।