कांग्रेसका पुराना निष्ठावान नेता रेग्मी क्यान्सरबाट पीडित


भदौ १३, २०७८, आइतबार | दिउँसो १२:०२ बजे | 30


कांग्रेसका पुराना निष्ठावान नेता रेग्मी क्यान्सरबाट पीडित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ७ का पूर्व वडा अध्यक्ष रमेश रेग्मी थला परेका छन् । उनी घाँंटीको क्यान्सरसित लडिरहेका छन् । सधैँ प्रजातन्त्र र मानव अधिकारका लागि संघर्ष गर्ने नेपाली कांग्रेसका असल नेता उनी आफनै निवासमा थला परेका हुन् । पेटमा दुलो पारेर झोलीय पदार्थ मात्रै खान दिने गरेको उनका पारिवारिक श्रोतले जनाएको छ ।  
दिल्लीमा ६ महिनाभन्दा बढी उपचार गरी काठमाडौँ फर्किएका छन् । काठमाडौँ आएको पनि दुई महिना हुन लागिसक्यो । उनको स्वास्थ्य पूर्ववत अवस्थामा आइसकेको छैन । कोरोनाको महामारीले गर्दा परिवारका सदस्यबाहेक अन्यले भेट्न पाइएको छैन । उनी अहिले अम्बे अपार्टमेन्टमा परिवारसहित बस्ने गरेका छन् ।
उनले राजनीति र सामाजिक क्षेत्रमा मात्रै योगदान दिएका छैनन् । यिनले नेपाली साहित्यको उन्नयनमा पनि उल्लेखनीय कार्य गरेका छन् । यिनको एउटा उपन्यास प्रकाशित भइसकेको छ भने अर्को उपन्यास प्रकाशनको मुखमा आइसकेको छ । त्यस्तै यिनले कथासङ्ग्रह पनि तयार पारिसकेका छन् । कवितामा पनि यिनले राम्रो छाप छोडिसकेका छन् ।  
 ‘राज्यले उनको खोजी गर्नुपर्छ । उनको स्वास्थ्योपचारको जिम्मा राष्ट्रले लिनु पर्दछ । प्रजातन्त्रको पहरेदारलाई गुमनाम भएर मर्न दिनु हुन्न । यो हामी सबै सचेत नागरिकको कर्तव्य पनि हो, उनलाई नजिकबाट बुझेका प्राडा कृष्णप्रसाद दाहाल बताउँंछन् ।  

Comments