भक्तपुर काण्डको अनुभब सुनाए पीडितहरुले


भदौ १२, २०७८, शनिबार | विहान ११:०६ बजे | 35


भक्तपुर काण्डको अनुभब सुनाए पीडितहरुले

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समुल नष्ट पार्न रचिएको २०४५ साल भाद्र ९ गतेको भक्तपुर काण्डको विरोध एवं भन्र्सना कार्यक्रम वडा कार्यालय भवनमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले नेपाल मजदुर किसान पार्टीको इतिहासबाट नयाँ पुस्ताले सिक्नुपर्ने र पुजीवादीहरु अहिले पनि समाजमा हाम्रो विरुद्ध लागिरहेरहेको हुँदा सबै पार्टी कार्यकर्ता र नगरवासीहरु संधै सजग हुनुपर्ने औल्याउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले पारदर्शिताका साथ गरिरहेको गतिविधि र विकास निर्माण कार्य  प्रतिक्रियावादीहरुका लागि आँखाको धूलो बराबर भएको उल्लेख गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताहरुहरुले नयाँ पुस्तालाई समाज सेवाको भावना दिनुपर्नेमा जोड दिनुभयो ।
निजी स्वार्थ र भावना पूँजीवादी विचार भएको उल्लेख गर्नुहुँदै उहाँले सामुहिक भावना नै समाजवादी विचारहुँदा त्यसलाई देशभरी पैmलाउनुपर्ने तथा शत्रुलाई निरन्तर खबरदारी गर्न भाद्र ९ गतेको कालो दिनलाई सम्झनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले ख्वप अस्पतालमा अक्सीजन प्लान्ट स्थापनाको लागि स्वतस्पूmर्त रुपमा जनताबाट हालसम्म ६ करोड ५० लाख भन्दा बढी रकम सहयोग प्राप्त भै नगरबासीहरुले निःशुल्क अक्सीजन प्राप्त गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति एवं वडाध्यक्ष उकेश कवांले २०४५ भाद्र ९ गतेको कालो दिनको स्मरण गर्नुहुँदै इमानदारी र सत्यनिष्ठ व्यक्ति अडिग रहने र जालझेल तथा षड्यन्त्रीकारीहरु लामो समय टिक्न नसक्ुने बताउनहुँदैे ती कालो दिनबाट शिक्षा ग्रहण गरी नयाँ पुस्ता अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघका उपाध्यक्ष कमलमैंया सुवालले भक्तपुर काण्डको २० महिनाले भक्तपुरका जनता २० वर्ष पछाडि परेको उल्लेख गर्नुहुँदै सो अवधिमा पञ्चायती दमन विरुद्ध महिलाहरुले गरेको सशक्त प्रतिकारको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका भक्तपुर नगर समिति अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुर काण्ड राज्यस्तरबाट नेमकिपालाई समुल नष्ट गर्न रचिएको षड्यन्त्रको बारेमा युवाहरुलाई जानकारी दिई संगठित बनाउनुपर्ने चर्चा गर्नुभयो ।
स्थानीय समाजसेवीहरु श्रीकृष्ण किसी, लक्ष्मी भक्त कवां, नाती कवां, वडासदस्यहरु हेरा ख्याजु र हरिरत्न गोर्खालीले निरंकुश पञ्चायती शाषणको बेला घटेको भक्तपुर काण्डको २० महिनाको अवधिमा आपूmले भोगेका अनुभवहरुको चर्चा गर्नुभएको थियो ।



Comments