११८ जना कोरोना संक्रमित
असार २६, २०७७, शुक्रबार | विहान १०:५१ बजे | 55
११८ जना कोरोना संक्रमित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप ११८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६६४९ पुगेको छ । तीमध्ये ८,०११ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२० जना भाइरसमुक्त गएर घर फर्किएका छन् । नेपालका बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो काठमाण्डू उपत्यकामा ’तीन वर्गका सङ्क्रमित’, कोरोनाभाइरस समुदायमा नफैलिएको दाबी
अहिले देशभरि आइसोलेशनमा ८,६०३ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन् । बिहीवार १०८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो। गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रवार पुष्टि भएका सङ्क्रमितहरू काठमाण्डूसहित विभिन्न जिल्लाका हुन् । वीवीसी