किन भए किरण थापा सूर्यविनायक नगरपालिका क्षेत्रका हिरो वडाअध्यक्ष ?
भदौ ११, २०७८, शुक्रबार | विहान ०८:३० बजे | 60
सूर्यविनायक नगरपालिका भक्तपुरको बाक्लो र व्यस्त बजार अवस्थित क्षेत्रमा रहेको छ । यहाँका सबै वडामा भौतिक पूर्वाधारको विकास र नगरवासीको संवृद्धिका कामहरु तीव्र गतिमा भइरहेको छ ।
यसमध्ये वडा नं ८ सिपाडोलले वडा र वडावासीको समृद्धिमा फड्को मारेको छ । वडाध्यक्ष किरण थापा विकास र समृद्धिका कार्यमा अहोरात्र खटिरहेका छन् ।
उनी निर्वाचित भएदेखि नै विकास र नागरिकको आर्थिक तथा स्वास्थ्य सुरक्षालाई प्राथमितामा राखेर कार्य गर्दै आएका छन् । विकास र जनताको आवश्यकता र भावनालाई बुझेर काम गरेकै कारण वडामा मात्र नभई नगरमै उनको राम्रो छाप बसेको छ ।
वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि र सामाजिक क्षेत्रमा उनको नेतृत्वमा नमूनायोग्य कामहरु भएका छन् । भौतिक पूर्वाधार निर्माणमा उत्तिकै गति लिएको छ । विद्यालयहरुमा भवन बनेका छन् भने थप भवनको टेन्डर जारी गरिएको छ ।
मोटर र झोलुंगे पुल बनाएका छन् । विशाल ट्यांकी बनाएर वडावासीलाई शुद्ध खानेपानी उपलब्ध गराएको छ । कोभिड ९ को महामारीमा परेका संक्रमितहरुको पीसीआर परीक्षण निःशुल्क रुपमा गर्दै आइरहेको छ ।
पुरातात्विक सम्पदाहरुको संरक्षणमा अध्यक्ष थापा दत्तचित भएर लागिपरेका छन् । कृषकलाई अनुदानमा मौसमी खेतीबाली र तरकारीको बिउविन वितरण गरिएको छ ।
वडाका प्रत्येक विद्यालयको शिक्षकलाई तलबमा दुई हजार रुपैयाँ थप गर्नुका साथै शिक्षकलाई तालिमको समेत व्यवस्था गरिएको छ ।
वडाका सडक सुधार गर्ने र चौडा बनाउने काम भएको छ । सडकखण्डमा ३ वटा पक्की पुल बनिसकेको उनले अध्यक्ष थापाले रातो खरीलाई बताए । आफू सधैं वडाको विकास र वडावासीको स्वास्थ्य सुरक्षा र आर्थिक समृद्धिको लागि पर्ने बताए ।
वडामा स्वच्छ, सुरक्षित वातावरण र सुन्दर पर्यटकीय क्षेत्र बनाउने कार्यक्रमलाई उच्च गतिसाथ अगाडि बढाइरहेको उनले जानकारी दिए । निर्माणका कामलाई उनले निरन्तर निगरानी राख्दै आएका छन् । वडाबाट गरिएका कामहरुको विवरणलाई तल दिइएको छ ।
शिक्षा
– ६ वटा विद्यालय सुधार जसमा ४ वटा आधारभूत र २ वटा मा.बी. रहेका छन् ।
– १ करोड १० लाखको ८ कोठे बिल्डिङ निर्माण गरिएको ।
– ४ करोड ९७ लाखको १२ कोठे बिल्डिङ निर्माण गरिएको ।
– २१ कोठे भवनको टेन्डर जारी रहेको ।
– प्रत्येक विद्यालयको शिक्षकको लागि दुई हजार रुपैयाँ तलब थपिएको ।
– नगरस्तरीय परीक्षा सञ्चालन गरिएको ।
– पहुँच नहुने ठाउँमा स्वास्थ्य सेवा सुचारु गरिएको ।
– असक्षम शिक्षकको लागि तालिमको व्यवस्था गरिएको जसमा अंग्रेजी शिक्षकको लागि ।
सडक खण्ड
– १२ मिटर चौडा सडक सुधार (४ वटा बाटो) ,
– ८ मिटर चौडा सडक सुधार ।
– ६ मिटर चौडा सडक सुधार ।
– ३ वटा पक्की पुल निर्माण गरिएको ।
– ३ वटा झोलुंगे पुल निर्माण गरिएको ।
– पक्की नालीको व्यवस्था गरिएको ।
– ढल निकासा को व्यावस्था गरिएको ।
– सिंचाई कार्य सञ्चालन गरिएको ।
– १३०० खानेपानी सुधार जसमा ३ लाख लिटर पानी अट्ने ट्यांकी निर्माण गरिएको ।
कृषि क्षेत्र
– सिजन अनुसार वडामा बीउ वितरण गरिएको ।
– खाद्यन्न वितरण (लकडाउनमा) ।
– टोल टोलमा गएर पीसीआर परीक्षणको सुविधा दिइएको ।
– अधुरो मन्दिरको कार्य पूरा गरिएको
– पृथ्वीनारायण शाहले भक्तपुर एकीकरण गर्दा चढेको गढी सुधार जसमा नेपाली सेनाले भ्यू टावर निर्माण गरिएको ।
– पर्यटक आकर्षणको लागि सुन्दर वातावरण बनाउने र एक सुन्दर पर्यटकीय क्षेत्र बनाउने कार्यक्रम सञ्चालन ।