हात्ती आतंक रोक्न सरकार लागि परेको छः कानुन मन्त्री कार्की


भदौ ११, २०७८, शुक्रबार | विहान ०४:३२ बजे | 25


हात्ती आतंक रोक्न सरकार लागि परेको छः कानुन मन्त्री कार्की

अजमल अन्सारी
सुनसरी। सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ स्थित कोशी टप्पुवन्यजन्तु आरक्षमा आज स्थानीय पीडितसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख अतिथि तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा
पीडितसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको आतंकलाई रोक्न सरकार लागी परेको र कोशी गाउँबासी लगायत आसपासका क्षेत्रमा बसोबास गर्नेहरुको लागि खुशीको खबर रहेको बताउदै मन्त्री कार्कीले कोशीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउन लागी परेको , वनपथ वनको बाटो बनाउनको लागि २० लाख र  ट्रेन्च निर्माण गर्नको लागि १५० करोड,वनमरा झारहरु पशुले नखाने झारहरुको व्यवस्थापनको लागि ५ लाख, मानवको क्षति, हात्ती र अर्नाको दन्दको व्यवस्थापनको लागि ४५ लाख, हात्तीलाई घासै मैदान बनाउनको लागि २० लाख, सिमसार व्यवस्थापनको लागि ५ लाख उपलब्ध गराउने  घोषणा गरेको बताउनुभयो ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले
वर्षौदेखि रहेको मानव र जनावरबीचको द्वन्द रोक्न सरकारलाई ध्यानाकर्षण गराएपछि मन्त्री कार्कीले बुधबार स्थानीय पीडितसँग अन्तरक्रिया कार्यक्रम गरेको बताउदै अध्यक्ष अन्सारीले मैले मेरो चुनावी घोषणापत्रमा नै जंगली जनावरको आतंक नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कुरालाई प्राथमिकतामा राखेको बताउदै आरक्षलाई निकुञ्जमा परिणत गरि पर्यटन व्यवसायको प्रवर्द्धनका लागि आवश्यक क्रियाकलाप संचालन गरिने बताउनुभयो।

उक्त कार्यक्रममा कोशी टप्पुवन्यजन्तु आरक्षणका प्रमुख अशोक कुमार राम, कोशी गाउँपालिकाकि उपाध्यक्ष अनिता देवी यादव, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका नेता हाजी इसराइल मन्सुरी, जनप्रतिनिधिहरु लगायत करिब २५० जनाभन्दा बढी स्थानीयहरुको उपस्थिति रहेको थियो।

Comments