कृृष्णबहादुर महरालाई फेरी सताउँन थालिन् रोशनीले
भदौ ११, २०७८, शुक्रबार | विहान ०२:४१ बजे | 40
रोशनी शाहीकै कारण जीन्दगीमा धेरै ठूलो हण्डर खाएका कृष्णबहादुर महरालाई तिनै रोशनी शाहीले फेरी सताउँन थानेली छिन् ।
मुद्धबाट सफाई फेरी राजनितिक जीवनमा सक्रिय हुन थालेका कृष्णबहादुर महरालाई रोशनी शाँहीले फेरी औला उठाएकी छिन् । भर्खरै माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी पाएको र मन्त्री बन्ने सम्मको चर्चा चलेका बेला रोशनीले महरालाई घुमाउरो तरिकाले थ्रेट दिएकी छिन् ।
कृष्णबहादुर महरा सभामुख हुँदा दुर्व्यवहारको आरोप लगाउँदै पदबाट राजनीनामा दिन बाध्य पारेकी रोशनी शाहीले फेरि अर्को धम्की दिएकी छन्। केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्र प्रवक्ताको जिम्मेवारी पाएका महरालाई शाहीले धम्की दिएकी हुन्।
महरा सभामुख हुँदा जबर जस्ती करणी मुद्दामा उनै शाहीले हालेका थिइन् । यद्दपी महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन् । सफाई पाएपछि केही दिनअघि मात्रै
महराले माओवादीको प्रवक्ताको जिम्मेवारी पाएका थिए ।बिहीबार आज बिहान शाहीले सामाजिक सञ्जाल फेसबुकबाट दुई ‘आक्रमण’ गरिन् । महराको अर्को मुद्धा बाँकी नै रहेको शाहीले उल्लेख गरेकी छिन् । ‘अर्को मुद्दा बाँकि नै छ महरा जि’ शाहीले लेखेकी छन् ।
शाहीले अर्को पनि पोस्ट गरेकी छन् । ‘महरा सकिए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै लडेर बदनामी सहिन् अर्की महिला मृत्युको मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू जल्नुपर्छ मर्नुपर्छ मृत्युको शैयामा आगोको ज्वालामा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’