सशस्त्र प्रहरीमा १०९५ जनाका लागि भर्ना खुल्यो


भदौ ११, २०७८, शुक्रबार | विहान ०२:१७ बजे | 30


सशस्त्र प्रहरीमा १०९५ जनाका लागि भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीमा भर्ना खुलेको छ । विभिन्न ४ पदमा कुल १ हजार ९५ जनाका लागि सशस्त्रले भर्ना खुला गरेको हो ।

सोमध्ये प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा ७५ जना, प्रहरी सहायक निरीक्षक ९असई० मा १ सय ३७ जना, प्रहरी जवानमा ७ सय ५५ जना र प्रहरी परिचरमा कुल १ सय २८ जना माग गरिएको छ ।

उक्त संख्यामध्ये खुलातर्फ कुल ५ सय ८९ जना र समावेशीतर्फ ५ सय ६ जना रहेका छन् । २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका व्यक्तिले सो पदमा आवेदन दिन पाउनेछन् । निरीक्षाकका लागि कम्तीमा स्नातक, सहायक निरीक्षकका लागि न्यूनतम कक्षा १२ र जवानका लागि कम्तप्मा कक्षा ८ उर्तीण गरेको हुनु पर्ने उल्लेख गरिएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

सशस्त्र प्रहरीमा १०९५ जनाका लागि भर्ना खुल्यो

Comments