तामिल हरर फिल्म ‘कञ्चना ३’ कि नायिका मृत अवस्थामा भेटिएकी छिन् । रसियन मोडल तथा अभिनेत्री अलेक्जान्द्रा जाभी २४ वर्षको उमेरमा गोवामा आफ्नै निवासमा मृत फेला परेकी हुन् । के कारणले नायिकाले देह त्याग गरेकी हुन भनेर हाल प्रहरी पोष्टमार्टम रिपोर्टको पर्खाइमा छ ।


२०१९ मा चेन्नई पुलिस स्टेसनमा एक फोटोग्राफरविरुद्ध उनले यौन उत्पीडनको उजुरी दायर गरेकी थिइन्। उनले उक्त फोटोग्राफरले आफ्नो तस्बिरहरू खिचेबापत यौन सम्बन्ध राख्न आग्रह गरेको बताएकी थिइन् । आत्महत्या गर्नुको मूल कारण नै यही रहेको प्रहरीको बुझाइमा छ । गोवा पुलिसले रुसी दूतावासलाई कानुनी प्रक्रिया सुरु गर्न भनेको छ। रुसी दूतावासलाई अभिनेत्रीको पोस्टमार्टम रिपोर्ट चाँडै आउने जानकारी गराएको भारतीय संचारमा उल्लेख छ ।
...

All Comments.......


Please Login/Register To Comments