लहानमा गाई जात्राको रौनक यौनिक लैङ्गकि अल्पसंख्यकहरु रमाउदै


भदौ ८, २०७८, मङ्गलबार | दिउँसो ०२:५४ बजे | 40


लहानमा गाई जात्राको रौनक यौनिक लैङ्गकि अल्पसंख्यकहरु रमाउदै

महेश सिंह

सिरहा । सिरहाको लहान लगायत मुलुकका विभिन्न सहरहरुमा गाई जात्रा पर्व मनाइँदै छन्। सिरहाको लहानमा ब्लुडाईमनड सोसाइटी लहानद्धारा भबिब्य रूपमा गाई जात्रा कार्यक्रमको आयोजना गरेको थियो।

जिबन ज्योति समाज र ब्लुडाईमनड सोसाइटी लहानको प्रतिनिधिहरुको उल्लेखनीय कार्यक्रममा सहभागीता रहेको
 ब्लुडाईमनड सोसाइटी सिरहाको कार्यक्रम संयोजकले जानकारी दिनु भयो ।

सिरहाका सम्पुर्ण यौनिक लैङ्गकि अल्पसंख्यक समुदायका ब्यक्तीहरुले एकठाउँमा भेला भएर आफनो दुःख सुखको कुरा एक अर्कामा शेरय गर्दै नयाँ बस्त्र धारण गरेर गाई जात्राको कार्यक्रममा सहभागी भई रमाउने गरेका छन् ।

राज्यको सेवा सुधाबाट बन्चितकरणमा परेका यौनिक लैङ्गकि अल्पसंख्यक समुदायका ब्यक्तीहरुले समाजबाट निकै नै पीडित रहेका छन्।गाई जात्रा कार्यक्रममा सयौंको संख्यामा उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम कोरोना कहरको मध्य नजर गर्दै राज्यले निर्धारण गरेको नितिनियमको पालना गर्दै माकस,सेनिटाईजर प्रयोग गरी समाजिक दुरी कायम गरी कार्यक्रम गरेको हो। कार्यक्रममा सम्पुर्ण सहभागीहरुलाई प्रति ब्यक्ति माक्स भेस्ट र ब्याग,झोला, वितरण गरेका थिए।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि र महिला मानव अधिकारकर्मि श्याम कुमारी साह ,रेनु कर्ण गिता साह शान्ति राम र विभिन्न मिडियाका संञ्चारकर्मिहरु महेश सिंह, संजय बिश्वकर्मा,अनिल चौधरी लगायतका सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

     ब्लुडाईमनड सोसाइटी लहानको कार्यालयबाट निकालिएको गाई जात्रा कार्यक्रमको रयाली लहानको पुर्व पश्चिम राजमार्ग हुँदै लहान नगरपालीकाको सम्पुर्ण मुख्य चौकहरु परिक्रमा गरि रयाली पर्दशन गरेका छन्।रयाली कार्यक्रममा सिरहाका विभिन्न संस्थाका बुद्धि जिबि र पदाअधिकारीहरुको उल्लेखनीय सहभागीता रहेको थियोे।

यौनिक लैङ्गकि समुदायका ब्यक्तीहरुले विभिन्न रङ्गको लुगा कपडा लगाई दुलही र बेउली जस्तै सिंगारीएर गाई जात्रा कार्यक्रममा रमाएका थिए।उक्त कार्यक्रम हेर्दा सिरहाका लहान बजारका ठुल–ठुला ब्यक्तीहरुलाई ध्यानाकर्षण गराउदै  मन्मोहित गरेका ब्लुडाईमनड सोसाइटीका अध्यक्ष रामजनक   रायले जानकारी दिनु भयो ।

      ब्लुडाईमनड सोसाइटी कार्यालयले बिगत १८ बर्ष देखि गाई जात्रा कार्यक्रम देश ब्यापी रूपमा मनाउने गरेका छन्।प्रत्येक  बर्ष गाई जात्राको दिन यो पर्वलाई प्राथमिकताको साथ यौनिक लैङ्गकि अल्पसंख्यक समुदायका ब्यक्तीहरुले दुलही, बुउली झै सिंगारीएर कार्यक्रममा रमाउने गरेका छन् ।
 
गाइजात्रा मनाउँदा आफ्ना दिवंगत आफन्तको सम्झनामा गाइको अनुहार र गणेशको चित्र अंकित गरी शहर परिक्रमा गर्ने परम्परा छ।गाइ पाल्नेहरुले गाइलाई सिंगारेर बजार परिक्रमा गराउँछन्।

 नेवारी भेषभुषा र विभिन्न आकृतिको मखुण्डो लगाएर बाजा गाजासहित नाचगान गर्ने चलन छ।यो चलन प्रताप मल्लका छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युपछि सुरु भएको इतिहाँस छ।
छोराको निधनपछि शोकमा डुबेकी रानीलाई शहरमा वर्षभरी कति जनाको आफन्तको मृत्यु भयो र कति जना शोकमा छन् भनि सान्त्वना दिन यो जात्राको सुरु गराएको विश्वास गरिन्छ।

गाइजात्रा पर्वलाई समाजमा व्याप्त विकृति र विसंगति विरुद्ध व्यंग्य गने पर्वका रुपमा पनि लिइन्छ। गाइजात्रा विशेष गरी नेपालको नेवार समुदायले मनाउने पर्व हो।काठमाडौ उपत्यका लगायत विभिन्न स्थानमा बस्ने नेवार समुदायले आफ्ना मरेका आफन्तजनको संझनामा गाइजात्रा पर्व मनाउने गरेका छन्।

 यो सुदायमा आफ्ना दिवंगत आफन्तको सम्झनामा गाइजात्रा पर्व मनाउँदा दिवंगत आत्मा सजिलै स्वर्ग पुग्न सक्ने जनविश्वास पाइन्छ।विगतमा हांस्य व्यंग्य कलाकारहरुको समुहले गाइजात्राको अवसरमा व्यंग्यात्मक कार्यक्रमहरु आयोजना गरेको आयोजकले जानकारी दिनु भयो ।

Comments