काठमाडौं । वाशिंगटन विश्वविद्यालयसंगको सहकार्यमा नेपाल इन्जिनियरिङ कलेज एमएससी प्राकृतिक संसाधन ब्यबस्थापन कार्यक्रम (एमएसी एनआरएम) ले ‘बुश टु बेन्च टु बेडः द क्रिटिकल रोल अफ फिल्ड रिसर्च इन बायोडाइवर्सिटी कन्जर्भेसन एण्ड ट्रान्सलेशनल साइन्स’ मा एक वेबिनार कार्यक्रमको आयोजना गरेको छ । वेबिनारका मुख्य प्रस्तुतकर्ता प्राध्यापक डा राण्डल सी कायसले जैविक विविधताको स्थिति पत्ता लगाउन दीर्घकालीन निगरानी धेरै महत्वपूर्ण रहेको बताए। उनले बिभिन्न देशहरूमा आफ्नो अनुसन्धान अनुभव प्रस्तुत गरेर मानवबाट गैर–मानव र गैर–मानवबाट मानवमा संक्रमण हुन सक्ने संभाबना भएका जुनोटिक रोगहरूकोबारेमा जानकारी दिए । मेथिसिलिन–प्रतिरोधी स्टेफिलोकोकस आरियस (एमआरएसए) मा काठमाडौ उपत्यकाको अनुसन्धान बाँदरहरूमा हालै भएको अनुसन्धान (जसमा एमएससी एनआरएम पनि साझेदार हो) को सम्बन्धमा उनी मानव र वन्यजीव अन्तरक्रियाबाट वन्यजन्तुको लागी सम्भावित खतराको सचेत गराउँदछन् ।
वेबिनार डा नारायणप्रसाद कोजूको समन्वयमा सम्पन्न गरिएको थियो । वेबिनारमा विभिन्न कलेजहरुबाट स्नातक तथा स्नातकोत्तर बिद्यार्थीहरूले भाग लिएका थिए। एनईसी सीपीएसले जैविक विविधता संरक्षण र प्राकृतिक संसाधन प्रबर्धनको बिभिन्न बिषयहरूमा नियमित रूपमा वेबिनार श्रृंखलाको आयोजन गरिरहेको छ ।


...

All Comments.......


Please Login/Register To Comments