पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा
असार २५, २०७७, बिहीबार | विहान ०७:०१ बजे | 75
पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवं भक्तपुर नगरपालिका साविक वडा नं. १२ का पूर्व वडाध्यक्ष प्रद्युम्न प्रजापतिको श्रद्धाञ्जली सभा विहिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी ४ नं. वडा समन्वय समितिको आयोजनामा भएको सभामा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्व. प्रजापति पार्टीिभित्र बसेर सहयोग गर्ने असल कार्यकर्ता भएको बताउनुभयो ।
व्यक्तिगत फाइदाको निम्ति कहिल्यै कुरा नगर्ने स्वभावको स्व. प्रजापति निःस्वार्थी भावनाले देश र जनताको इमान्दारीपूर्वक सेवा गर्ने एक योद्धा भएको बताउनुभयो ।
नेमकिपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल, स्थानीय न्हुछेराम भेले र राजाराम चवालले पनि स्व. प्रजापतिले गर्नुभएका समाज सेवाका कार्यहरुबारे चर्चा गर्नुभयो ।
नेमकिपा वडा नं. ४ समन्वय समितिका कृष्ण गोविन्द दुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुले स्व. प्रजापतिको तस्विरमा माल्यार्पण गर्नुका साथै १ मिनेट मौन धारण गरिएको थियो ।