रगत दान गरे जस्तै युवाहरुले देश र जनताको लागि बलिदान दिनुपर्ने


भदौ ५, २०७८, शनिबार | विहान ११:३१ बजे | 30


रगत दान गरे जस्तै युवाहरुले  देश र जनताको लागि बलिदान दिनुपर्ने

भक्तपुर, भाद्र ५ । नेपाल क्रान्तिकारी युवा संघ,भनपा–७ गोमारी एकाई समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमति सांसद सुरेन्द्रराज गोसाईले  प्रजातान्त्रिक सरकारको न्युनत्तम मापदण्ड निशुल्क स्वास्थ्य र शिक्षा  रहेको बताउदै  अमेरिका तथा युरोपियन मुलुकहरु बास्तबिक प्रजातान्त्रिक देशहरु नरहेको भन्ने कुरा व्यवहारमै प्रमाणित भैसकेको बताउनुभयो । रक्तदाताहरु लाई सम्बोधन क्रममा सांसद गोसाईले  युवाहरुले रगत दिन तयार भए जस्तै देश र जनताको बारे बोल्न तयार कुरा बताउनुभयो । देशका कर्णधार अर्थात विद्यार्थीहरुलाई खोप लगाएर विद्यालय कलेजहरु भौतिक दूरीमा पुन संचालन गर्नुपर्ने कुरामा जोड दिदैं प्रमुख अतिथि गोसाईले सरकारले वैकल्पिक मार्ग नसोच्ने हो भने देशको शिक्षा र विद्यार्थीहरुको हालत नाजुक हुने बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथि तथा भनपा–७ का वडाध्यक्ष उकेश कवांले सरकारले कोभिड खोप जनस्तरमा पु¥याउन नसकेको आरोप लगाउदै कोभिड संक्रमणको व्यवस्थापनमा लाग्नुपर्ने अवस्थामा सरकारको नेतृत्व गर्ने दलहरु एकापसमा कुकुर झगडा गरिरहेको बताउनुभयो।
युवाहरु त्यस्ता दलहरुको पछि लाग्न नहुने कुरा समेत बताउनुभयो ।
नेक्रायुसंघ–७ गोमारी एकाई समितिका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि गोसाई र  नेमकिपा–७ का पूर्व अध्यक्ष लक्ष्मीभक्त कवांले रक्तदाताहरु तथा आर्थिक भौतिक सहयोग गर्ने संघसंस्थाहरुलाई प्रशंसापत्र बितरण गर्नुभयो । सो रक्तदान कार्यक्रममा ६६ जना रक्तदाताहरुले आफ्नो अमूल्य रक्तदान गर्नुभएको छ ।

Comments