मास्क नलगाउनेलाई १ सय जरिवाना


असार २४, २०७७, बुधबार | दिउँसो ०२:३७ बजे | 30



भक्तपुरमा आज ४८ जनालाई नियन्त्रणमा लिइएको छ । मास्क नलगाइ बाहिर हिडेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृति दिपक गिरीले जनाए ।
माक्स नलगाई हिडडुल गर्ने ब्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही तथा जरिवाना गर्नु भन्ने गृह मन्त्रालयको मिति २०७७÷०३÷२२ गतेको निर्देशन भएपछि भक्तपुरमा बुधबार बिहान ०६ः०० बजेदेखी बेलुकी ६ः०० बजेसम्म  माक्स नलगाई हिडडुल गर्ने मानिसहरुलाई  कार्यलयले नियन्त्रणमा लिएको  गिरीले जनाए । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुर पेश गरिएकोमा निजहरुलाई १ सय रुपैया जरिवाना तिर्न लगाइए छोडिएको जनाइएको छ ।


Comments