प्रधानसम्पादकमाथि दुव्र्यवहार, कारबाहीको माग
भदौ ५, २०७८, शनिबार | विहान ०५:११ बजे | 50
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले तेमाल अनलाइनका प्रधान सम्पादक डिलबहादुर थोकर (ग्याम्जो) माथि भएको दुर्व्यवहारको विरोध गरेको छ । शाखाका सचिव कपिल कोइरालाले एक प्रेस विज्ञप्ति जारी गर्दै दोषी माथि कार्वाहीको समेत माग गरेका छन् ।
‘घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’ कोइरालाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुयाउने यो घटनाको नेपाल पत्रकार महासंघ कडा शब्दमा भर्त्सना गर्दछ ।’
यस्तो छ विज्ञप्तिः
प्रेस विज्ञप्ती
तेमाल अनलाईका प्रधान सम्पादक डिल बहादर थोकर ९ग्याम्जो० माथि भुम्लु गाउँपालिकामा पुगेर फर्कने क्रममा भएको दव्र्यवहारको घटना प्रति नेपाल पत्रकार महासंघ काभ्रे शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार संकलनका क्रममा गाउँपालिका कार्यालयमा पुगेका थोकर फर्किने क्रममा गाउँपालिका कार्यालय नजिकै रहेको अराजक समूहले मोटसाईकलको चावी थुतेर अभद्र व्यवहार गरेको र पत्रकार भनेपछि पछि चाबी फिर्ता गरेका थिए ।
सार्वजनिक स्थलमा जो सुकै सर्वसाधारणको पनि सहज पहुँच हुनुपर्नेमा सर्वसाधारणको मानव अधिकार, संवैधानिक अधिकार र व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप भएको छ । पत्रकार भनेपछि मात्र चावी फिर्ता हुनु आफैमा निन्दनीय छ । यदि सर्वसाधारण नै भएको भए के हुन्थ्यो रु प्रहरी प्रसाशनबाट उपर्युक्त जवाफको अपेक्षा गर्दछौं ।
साथै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं । पत्रकारको संवैधानिक अधिकारमाथि आघात पुयाउने यो घटनाको नेपाल पत्रकार महासंघ कडा शब्दमा भर्त्सना गर्दछ ।